Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बैतडीलगायत सुदूरपश्चिमका शक्तिपीठमा जात्राको रौनक

खबरडबली संवाददाता

बैतडी। दसैँ–तिहार सकिएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा, जात्रा र मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष प्रारम्भ भएसँगै बैतडीका गाउँ–सहरहरू भक्तजनको भीडले गुञ्जिएका छन् । बाहिरबाट आएका श्रद्धालुका कारण स्थानीय बजारमा समेत चहलपहल बढेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम नजिकै रहेको रणशैनी भगवतीको नामले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल अष्टमी र नवमीका दिन विशेष जात्रा लाग्ने गर्दछ । उक्त अवसरमा राँगा र बोकाको बलि दिने परम्परा रहेको मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले जानकारी दिए।

जिल्लाको दक्षिणी क्षेत्रको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने देही जात यस वर्ष कात्तिक १८ र १९ गतेका दिन आयोजना हुने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले बताउनुभयो ।

त्यस्तै, शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ धाममा पनि कात्तिक ११ र १२ गते जात्रा लाग्दैछ । प्रत्येक वर्ष शुक्ल सप्तमी र अष्टमीका दिन यहाँ धार्मिक मेला लाग्ने गरेको स्थानीय केशव चन्दले जानकारी दिए।

कात्तिक शुक्लपक्षको आरम्भसँगै सुदूरपश्चिमका बैतडीका त्रिपुरासुन्दरी भगवती, रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवेणीधाम ९राताशीला०, गणमेश्वर, जगन्नाथ, कफलाशैनी भगवती, बाशुलिङ्ग, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायतका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।

दार्चुला जिल्लामा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुन तथा लटिनाथ मन्दिरमा पनि कात्तिक शुक्लपक्षमै जात्रा लाग्ने गरेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वर मन्दिरहरूमा समेत यस्तै धार्मिक उत्सव चलिरहेको स्थानीयहरूले बताएका छन् ।

त्यस्तै, डोटीको बडिकेदार मन्दिरमा पनि जात्राको तयारी तीव्र छ भने निङ्गाशैनी, उदयदेव ९पाटन०, डिलाशैनी भगवती लगायतका मन्दिरहरूमा जात्रा सम्पन्न भइसकेको स्थानीय लबदेव जोशीले बताए। यस अवधिमा सुदूरपश्चिमका अधिकांश मन्दिरमा देव–देवीको पूजा, बलि, भाकल पूर्ति, जाग्राम र मेला–भेटघाटका गतिविधिहरू हुने गर्छन् । श्रद्धालुहरूले शुद्ध भोजन ग्रहण गरी मन्दिरमा जाने चलन रहिआएको छ । शक्तिपीठहरूमा राँगा र बोकाको बलि दिने परम्परा यथावत् रहँदै आएको छ ।

स्थानीय माधव लेखकका अनुसार मेला–जात्रा अवसरमा घरायसी उत्पादन, लुगाकपडा तथा कृषि सामग्री किनबेच पनि हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा चहलपहल ल्याउँछ । दसैँ–तिहारका धार्मिक अनुष्ठान सम्पन्न भइसकेपछि सुरु हुने यी जात्राहरूमा टाढा रहेका आफन्त र छिमेकीबिच भेटघाट हुने अवसर मिल्ने सूर्नया गाउँपालिका–३ का विष्णु भट्टले बताए।

मन्दिरका पूजारीहरूका अनुसार बिरलै हुने देवदेवताका जात्रामा भक्तजनले आफ्नो भाकल पूरा गर्ने विश्वास रहिआएको छ ।

त्रिपुरासुन्दरी, मेलौली, मालिकार्जुनलगायत मन्दिरहरूमा भारतबाट समेत हजारौं भक्तजन आउने गरेका छन् । जुलाघाट सीमा क्षेत्रका व्यापारीका अनुसार यस वर्ष मात्र त्रिपुरासुन्दरीमा करिब दुई हजारभन्दा बढी भारतीय श्रद्धालु पुगेका छन् ।

मेलौलीका स्थानीय सुरतसिंह पार्कीका अनुसार तीन–चार दिनसम्म चल्ने मेलाका बेला पाहुनाको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने भएकाले गाउँका होटल तथा घरहरू भरिभराउ हुने गर्छन् ।

यस अवसरमा स्थानीय तहहरूले मन्दिर क्षेत्र, बाटो तथा सडक सरसफाइ गरेका छन् । मेलालाई व्यवस्थित र सहज बनाउन मन्दिर वरपर मदिराजन्य पदार्थको प्रयोग निषेध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending