ताप्लेजुङ । ताप्लेजुङमा आइतबार यसवर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यसवर्ष हालसम्मकै उच्च मूल्य हो ।
तिहार सकिएसँगै सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।
दसैँ अघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँ लगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजार रुपियाँले मूल्य वृद्धि भई प्रतिमन ९० हजार रुपियाँले बारोबार भएको थियो । फुङ्लिङ बजारका व्यावसायी कमल बरालका अनुसार तिहार सकिएलगत्तै अलैँचीको मूल्य अझ बढ्दै गएको छ ।
दसैँ पछिदेशी क्रमशः बढ्न थालेको अलैँचीको मूल्य तिहार सकिएपछि पनि निरन्तर उकालो लागेको फुङ्लिङ बजारकै अलैँची व्यवसायी भद्रवीर रेग्मीले बताए । ताप्लेजुङस्थित अर्लैँची व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका व्यवसायी रेग्मीले आइतबारको कारोबार मूल्य यसवर्षको हालसम्मकै उच्च भएको बताए । उनका अनुसार फुङ्लिङ बजारमा साधारण अर्थात चलनचल्तीको अलैँची मनको ९३ हजार रुपियाँमा धमाधम कारोबार भइरहेको छ ।
यता अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यावसायी भने उत्साहित बनिरहेका छन् । भदौ महिनादेखि अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेको र बजारमा आउन थाल्दा प्रतिमन ८८ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । भदौभर ८८ हजार रुपियाँ प्रतिमनमा कारोबार भएको अलैँची असोज लागेपछि मूल्य घट्न थालेको थियो । अलैँची व्यवसायी बरालका अनुसार दसैँ अघिसम्म मूल्य घट्न थालेको र दसैँ सकिएलगत्तै क्रमशः मूल्य बढ्न सुरु भएको हो ।
अहिले अलैँचीको मूल्य निरन्तर बढिरहे पनि मूल्य बढ्ने र घट्ने कुनै टुङ्गो नहुने स्थानीय व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारबोर हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् । यता गत वर्षको तुलनामा यसवर्ष भने अलैँचीको मूल्य सुरुमै राम्रो आएको व्यवसायीको भनाइ छ।
ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको अलैँची यहाँका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोला बाहेकका क्षेत्रमा खेती हुने गरेको छ । ताप्लेजुङस्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यसवर्ष अलैँची फलाई केही न्युन भएकाले उत्पादन पनि तुलनात्मक रूपमा घट्नसक्ने किसान बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: