उदयपुर । आगामी छठ पर्वलाई भव्य र मर्यादित बनाउन उदयपुरमा तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिकाको गाईघाटदेखि चौदण्डीगढी, बेलका र कटारी नगरपालिकासम्मका क्षेत्रहरूमा छठ पूजाको तयारी तीव्र गतिमा पूरा गरिएको छ ।
त्रियुगा, तावा, कमला, द्वारखोला र गिदेरीगंगा नदीका किनारमा विशेष रूपमा मनाइने यो पर्वका लागि स्थानीय छठ पूजन व्यवस्थापन समितिहरूले पूजा स्थलहरू तयार पारिसकेका छन् । गाईघाटस्थित त्रियुगा नदीको किनारमा यस वर्ष पनि सर्वाधिक भिड हुने अपेक्षा गरिएको छ ।
त्रियुगा छठ पूजा समिति गाईघाट उदयपुरका अध्यक्ष चन्दन शाहका अनुसार पूजास्थलमा विशेष सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य तथा एम्बुलेन्स सेवा र आपतकालीन उद्धार व्यवस्था गरिएको छ । उनले भने, ‘छठ पूजालाई धार्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वका रूपमा व्यवस्थित रूपमा मनाउन सबै तयारी पूरा भएको छ ।’
यस वर्ष सुरक्षा कारणलाई ध्यानमा राख्दै सांस्कृतिक कार्यक्रम छोट्याइएको छ । सचिव ललितकुमार नायकका अनुसार गत वर्षजस्तै राति अबेरसम्म कार्यक्रम नराखी करिब डेढ घण्टाको छोटो सांस्कृतिक प्रस्तुति मात्र आयोजना गरिनेछ । अन्य पालिकाहरूमा भने यस वर्ष कुनै सांस्कृतिक कार्यक्रम हुने जानकारी छैन ।
छठ पूजाको तयारीलाई व्यवस्थित बनाउन मूल समितिले मूर्ति तथा पूजा व्यवस्थापन, घाट तथा स्वयंसेवक, प्रचार–प्रसार तथा मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन र अनुगमन गरी पाँच उपसमिति गठन गरेको छ । घाट वितरणको अन्तिम काम आज सम्पन्न हुने जनाइएको छ ।
छठ स्थलमा विद्युत् आपूर्ति, सरसफाइ र आपतकालीन उद्धार व्यवस्थासमेत मिलाइएको समितिले जनाएको छ । पछिल्लो समयमा उदययपुरमा भव्य रूपमा छठपर्व मनाउन थालिएको छ । अध्यक्ष शाहले भने, ‘छठ अब तराईमा सीमित छैन, यो सिंगाे देशकै साझा पर्व बनिसकेको छ । मनोकामना पूरा होस्, परिवारमा सुखशान्ति र समृद्धि आओस् भन्ने कामनासहित श्रद्धापूर्वक यो पर्व मनाइन्छ ।’
छठ पर्वका वेला भिडभाडका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
उनका अनुसार छठघाटहरूमा कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा व्यवस्था सुदृढ पारिएको छ । यस वर्ष प्रशासनले विशेष सतर्कता अपनाउँदै सांस्कृतिक कार्यक्रमलगायतका गतिविधिमा पनि अनुमति सीमित रूपमा मात्र प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: