Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

खबरडबली संवाददाता

टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको छ ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ । यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।

हाल आइएसएसमा कार्यरत जापानी अन्तरिक्ष यात्री किमिया युईले यसलाई बिहीबार बिहान रोबोटिक हातद्वारा समात्ने तयारी गरिरहेका छन् ।

एचटिभी–एक्स, जाक्साको अघिल्लो मानव रहित एच–२ ट्रान्सफर भेहिकल (कनोटोरी वा ‘स्टर्क’) को उत्तराधिकारी हो । यसले सन् २००९ देखि सन् २०२० सम्म आइएसएसमा नौ सफल मिसन पूरा गरेको थियो । नयाँ कार्गो यानले अघिल्लाभन्दा ठूलो पेलोड बोक्न सक्षम छ र कम तापक्रममा भण्डारण आवश्यक पर्ने प्रयोगशाला नमूनाहरू समेत सुरक्षित रूपमा पठाउन सक्छ ।

यो अन्तरिक्ष यान आइएसएसमा छ महिनासम्म जडान रहन र आवश्यक आपूर्ति पुर्‍याएपछि स्टेसनबाट फोहोर पुनः ल्याउन डिजाइन गरिएको छ । मिसन पूरा भएपछि यसले करिब तीन महिनासम्म कक्षीय उडानमा रहँदै प्राविधिक अनुसन्धान गर्नेछ ।

आइतबारको सफल प्रक्षेपणले एच–३ रकेटको सबैभन्दा शक्तिशाली संस्करणको डेब्यू पनि सङ्केत गरेको छ, जसमा चारवटा बुस्टर र ठूलो फेयरिङ (पेलोड कम्पार्टमेन्ट) प्रयोग गरिएको छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यस प्रक्षेपणलाई ‘अन्तरिक्ष आपूर्तिमा जापानको स्वतन्त्र क्षमताको प्रतीकात्मक ठूलो उपलब्धि’ भन्दै ‘स्वायत्त अन्तरिक्ष गतिविधिको ठोस आधार’ का रूपमा वर्णन गरेका छन् ।

एच–३ रकेटको विकास तथा सञ्चालनमा जिम्मेवारी वहन गर्ने मित्सुबिसी हेभी इन्डस्ट्रिजका अन्तरिक्ष व्यवसाय विभाग प्रमुख इवाओ इगाराशीले जापानले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै समयमै पेलोड डेलिभरी गर्ने आफ्नो विश्वसनीयता प्रमाणित गरेको बताए । उनका अनुसार कम्पनीले आगामी वर्षहरूमा आफ्नो प्रक्षेपण सुविधा विस्तार गर्ने योजना बनाएको छ ।

एच–३ रकेटले हालै मात्र अन्तिम उडान सम्पन्न गरेको जापानको पुरानो मुख्य एच–२ए रकेटलाई प्रतिस्थापन गरेको हो । नयाँ फ्ल्यागशिप मोडेल विश्वव्यापी अन्तरिक्ष बजारमा अधिक लागत–प्रतिस्पर्धी बन्नका लागि डिजाइन गरिएको हो । सन् २०२३ मा पहिलो प्रयास असफल भएपछि एच–३ ले लगातार छ सफल उडान पूरा गरेको छ ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय सुरक्षाको प्रमुख आधार मान्दै स्थिर र व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमताको विकासलाई दीर्घकालीन प्राथमिकता दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending