Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

खबरडबली संवाददाता

क्वालालम्पुर । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, “हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।”

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए ।

क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो ।

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ ।

ट्रम्प मलेसियाको राजधानीमा ०२ः०० जिएमटी तिर आइपुगे । उनले स्थानीय कलाकारहरूसँग आफ्नो प्रसिद्ध अभियान शैलीमा नृत्य प्रदर्शन गरे र अमेरिकी तथा मलेसियाली झण्डा एकसाथ फहराए । भोलिपल्ट उनले मलेसियासँग व्यापार र महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

विशेषतः प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न संयुक्त राज्य अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी भएको थियो । यसपालि कार्यक्रममा उनले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका छन् ।

थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । यो पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो ।

त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गरे ।

“ट्रम्पको करको कार्ड निर्णायक साबित भयो । सायद यही मुख्य कारण थियो जसले दुवै देशलाई तुरुन्तै युद्धविराममा सहमत गरायो”, नोम पेन्हस्थित फ्युचर फोरम थिङ्क ट्याङ्कका अध्यक्ष ओउ विराकले भने, “यो समारोह ट्रम्पका लागि ठूलो कूटनीतिक क्षण हो—उहाँ अब युद्ध र द्वन्द्व अन्त्य गर्ने शान्तिदूतका रूपमा प्रस्तुत भइरहनुभएको छ, जसले सम्भवतः उहाँलाई नोबेल शान्ति पुरस्कारका दावेदारका रूपमा बलियो बनाउँछ ।”

ट्रम्पले हालै लगातार विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आफूले ‘शान्ति स्थापनामा सहयोग गरेको’ दाबी गर्दै आएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियान शिखर सम्मेलनमा प्रारम्भिक सम्बोधनका क्रममा थाइल्यान्ड–कम्बोडिया सम्झौताप्रति प्रशंसा व्यक्त गर्दै भने, “यो सम्झौताले मेलमिलाप कुनै कमजोरी होइन, यो त साहसको प्रमाण हो भन्ने बारे हामी सबैलाई सम्झाउँछ ।”

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज बालानकुराले शनिबार भएको सम्झौतालाई ‘संयुक्त घोषणा’ का रूपमा वर्णन गर्दै भने, “यो थाइल्यान्ड र कम्बोडियाले आफ्ना सम्बन्धलाई नयाँ ढङ्गले पुनःनिर्माण गर्न प्रतिबद्ध रहेको सङ्केत हो । काम भर्खरै सुरु भएको छ, अन्त्य होइन ।”

यसैबीच, ट्रम्पको यो भ्रमणमा शुल्क नीति र व्यापार विवादहरू पनि केन्द्रमा रहेका छन् । क्वालालम्पुरमा रहँदा उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गर्ने अपेक्षा छ, तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट नहुने जनाइएको छ ।

क्यानाडाले प्रसारण गरेको टेलिभिजन विज्ञापनले आफ्नो कर ट्यारिफ नीतिको विरोध गरेपछि अमेरिकी राष्ट्रपति क्यानाडासँग असन्तुष्ट रहेका छन् । ट्रम्पले त्यसकै प्रतिक्रियामा हालै क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर बढाउने घोषणा गरेको थियो ।

उनको भ्रमणमा अर्को प्रमुख विषय चीनसँगको व्यापार सम्बन्ध हो । एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दक्षिण कोरियामा हुने सी जिनपिङसँगको सम्भावित भेट ‘उपलब्धिपूर्ण हुने आशा’ व्यक्त गरे । उनले फेन्टानिल तस्करी नियन्त्रण र अमेरिकी किसानहरूको हितमा सोयाबिन बिक्री विस्तारलाई प्राथमिकतामा राख्ने बताए ।

उनले भने, “हामीसँग ठूलो र समावेशी सम्झौता गर्ने राम्रो अवसर छ । म अमेरिकी किसानहरूको हितको रक्षा गर्न चाहन्छु र सी पनि आफ्नो देशका लागि केही चाहनु हुन्छ ।” तथापि, वासिङ्टन छोडेपछि ट्रम्पका आर्थिक सम्झौताहरूका विशिष्ट विवरणहरू अझै सार्वजनिक भएका छैनन् । यसले दीर्घकालीन व्यापारिक समस्याहरू वास्तवमै समाधान हुने वा केवल राजनीतिक प्रदर्शनमा सीमित रहने भन्ने प्रश्न खुला छ ।

उनले भ्रमणका क्रममा जापान र दक्षिण कोरियासँग दीर्घकालीन व्यापार सम्झौतामा अन्तिम रूप दिन सकिने आशा व्यक्त गरेका छन् । “हामीसँग धेरै देशसँग उत्कृष्ट सम्झौता भएका छन्”, उनले हाँस्दै भने ।

यस वर्षको क्वालालम्पुर शिखर सम्मेलनमा अनुपस्थित प्रमुख नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक हुन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग घनिष्ठ सम्बन्ध रहेका मोदी र अमेरिकी नेताबीच हाल सम्बन्ध केही तनावपूर्ण बनेका छन् । ट्रम्पले भारत–पाकिस्तानबीचको हालको द्वन्द्व समाधान गरेको दाबी गर्दै रुसी तेल खरिदका कारण भारतमाथि कर बढाएकोमा घमण्ड गरेपछि दुई नेताबीच असहजता देखिएको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: