काठमाडौँ । गृह मन्त्रालयले ३६ जना सहसचिवहरूको सरुवा गरेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार गरिएको सरुवामा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।
मन्त्रालयका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ । पश्चिम नवलपरासीको प्रजिअमा कृष्णप्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायणप्रसाद रिसाल, पर्सामा भोला दाहाल र अर्घाखाँचीमा तोयनारायण सुवेदीलाई पठाइएको छ । सुवेदी यसअघि पर्साका प्रजिअ थिए ।
धनुषामा प्रेमप्रसाद लुईँटेल, कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधवप्रसाद पोखरेललाई जिम्मेवारी दिइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर, बर्दियाका सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटका विनोदकुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ । बाँकेमा दिलकुमार तामाङ, रौतहटमा निदेश सागर भुषाल र गुल्मीमा आनन्द सारुलाई पठाइएको छ ।
अछाममा विष्णुप्रसाद कोइराला, बारामा धर्मेन्द्रकुमार मिश्र, काभ्रेपलाञ्चोकमा गोपाल अधिकारी र ललितपुरमा प्रेमप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
यस्तै, मोरङमा युवराज कट्टेल, बर्दियामा गोगनबहादुर हमाल, महोत्तरीमा इन्द्रदेव यादव, भक्तपुरमा उमेशकुमार ढकाल र सुनसरीमा वासुदेव घिमिरेलाई पठाइएको छ । झापाको प्रमुख जिल्ला अधिकारीमा शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: