कैलाली । छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठ पूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।
छठ पूजाका लागि मोहना नदी तटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तीमा २६० को हाराहारीमा पूजा कक्ष निर्माण गर्न थालिएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।
उनले छठ पूजाका लागि सुरुमा रु ३५ हजार मात्र खर्च हुने गरेका अहिले रु १५ लाख लाग्ने गरेको उल्लेख गरे । स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थालगायत सर्वसाधारणको सहयोगमा रकम सङ्कलन गरी समितिले हरेक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको जनाएको छ ।
सुरुका वर्षमा पूजास्थलमा कम चहलपहल हुने र सुनसान देखिने भए पनि पछिल्ला केही वर्षयता करिब एक लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थीहरू अवलोकनका लागि आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिए ।
“यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो, तर पछिल्लो समय अन्य समुदायले पनि मनाउने गरेका छन्”, उनले भने, “निरहार व्रत बसेर धनगढीको मोहना छठीघाटमा ३०० भन्दा बढी परिवार तथा अन्य समुदायका व्यक्ति पूजाका लागि आउने गरेका छन्, त्यस्तै दुई हजारको हाराहारी भक्तजन नदीमा आएर सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्ने गर्दछन् ।”
छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी पूजालाई सफल पर्न स्थानीयको सहभागितामा तयारी गर्ने गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताए ।
“विगतमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको रुचि कम थियो”, उनले भने, “पछिल्ला केही वर्षयता सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउने स्थलमा आउने गरेका छन् ।”
यस पर्वमा परिवारका सदस्यहरूको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तानलाभ प्राप्तिलगायत कामनाका लागि भक्तालुहरू व्रत बस्ने गर्दछन् ।
यस वर्ष छठ पर्वको तयारीका लागि धनगढीको मोहनाघाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती पूजाकक्षमा पाल, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताका गायतले सजाएर आकर्षक बनाइएको उपाध्यक्ष कर्णले जानकारी दिए ।
भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन् ।
नेपालको पूर्वी भेगबाट ल्याइएका कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, पेन्टिङ गर्ने, सजाउने काम अन्तिम चरणमा पुगेको छ ।
मोहना नदीतटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।
त्यस्तै भजनकीर्तन नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रमको पनि आयोजना गरिएको जनाइएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: