काठमाडौँ । मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज (२०७८ साल कात्तिक ९ गते) गरिएको विशेष चेकिङ अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार, नियन्त्रणमा परेकामध्ये बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बसका चालक खम्ब दमाई (३४ वर्ष, पचालझरना गाउँपालिका–७, कलिकोट, हाल नामखेल–काठमाडौँ),
बा ५ ख ७९१ नम्बरको बस चालक सिताराम गिरी (३४ वर्ष, मेलम्ची–७, सिन्धुपाल्चोक, हाल मुलपानी), र बागमती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस चालक मोचाकाजि महर्जन (६७ वर्ष, टेकु, काठमाडौँ) लाई बाफल क्षेत्रबाट पक्राउ गरिएको हो।
त्यस्तै, बागमती प्रदेश ०१–००६ ख ८९८३ नम्बरको महानगर यातायात बस चालक सकुल डोटेल (३७ वर्ष, मेलम्ची–१३, हाल वाफल) लाई गौशालाबाट, बा ४ ख ९३५६ नम्बरको बस चालक राजु कटुवाल (३७ वर्ष, विदुर–२, नुवाकोट, हाल काठमाडौँ) लाई चाबहिलबाट,बागमती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालिन बस चालक धर्मदेव यादव (४० वर्ष, राजविराज–११, सप्तरी) लाई कोटेश्वरबाट,र बा ४ ख ४१० नम्बरको माइक्रो चालक अजय गोले (३६ वर्ष, बागमती–१, सर्लाही) लाई ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुवेदीका अनुसार, पक्राउ परेका सबै चालकहरूलाई मादक पदार्थ सेवन परीक्षणमा संलग्न गराइएको छ र आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।
ट्राफिक प्रहरीले पछिल्ला दिनमा “सेफ ड्राइभ, सेफ लाइफ” अभियान अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूमाथि विशेष निगरानी बढाएको छ। प्रहरीका अनुसार, यात्रुवाहक सवारीसाधनका चालकले मदिरा सेवन गरी सवारी चलाउँदा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले कडा कारबाहीको तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: