काठमाडौँ । मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज (२०७८ साल कात्तिक ९ गते) गरिएको विशेष चेकिङ अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार, नियन्त्रणमा परेकामध्ये बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बसका चालक खम्ब दमाई (३४ वर्ष, पचालझरना गाउँपालिका–७, कलिकोट, हाल नामखेल–काठमाडौँ),
बा ५ ख ७९१ नम्बरको बस चालक सिताराम गिरी (३४ वर्ष, मेलम्ची–७, सिन्धुपाल्चोक, हाल मुलपानी), र बागमती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस चालक मोचाकाजि महर्जन (६७ वर्ष, टेकु, काठमाडौँ) लाई बाफल क्षेत्रबाट पक्राउ गरिएको हो।
त्यस्तै, बागमती प्रदेश ०१–००६ ख ८९८३ नम्बरको महानगर यातायात बस चालक सकुल डोटेल (३७ वर्ष, मेलम्ची–१३, हाल वाफल) लाई गौशालाबाट, बा ४ ख ९३५६ नम्बरको बस चालक राजु कटुवाल (३७ वर्ष, विदुर–२, नुवाकोट, हाल काठमाडौँ) लाई चाबहिलबाट,बागमती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालिन बस चालक धर्मदेव यादव (४० वर्ष, राजविराज–११, सप्तरी) लाई कोटेश्वरबाट,र बा ४ ख ४१० नम्बरको माइक्रो चालक अजय गोले (३६ वर्ष, बागमती–१, सर्लाही) लाई ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुवेदीका अनुसार, पक्राउ परेका सबै चालकहरूलाई मादक पदार्थ सेवन परीक्षणमा संलग्न गराइएको छ र आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।
ट्राफिक प्रहरीले पछिल्ला दिनमा “सेफ ड्राइभ, सेफ लाइफ” अभियान अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूमाथि विशेष निगरानी बढाएको छ। प्रहरीका अनुसार, यात्रुवाहक सवारीसाधनका चालकले मदिरा सेवन गरी सवारी चलाउँदा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले कडा कारबाहीको तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: