बाँके । पश्चिम तराईको सहर नेपालगञ्जमा छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठ पर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए ।
‘नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, पाठकले भने, ‘हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठ पूजा गर्दै आउनुभएको छ ।’
छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।
पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए । उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे ।
‘पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सदभावमा सहयोग पुगेको छ’, तिवारीले भने: ‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सदभाव मजबुद छ ।’
पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: