Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मौसमी जोखिमबाट सुरक्षित रहन आग्रह

खबरडबली संवाददाता

ताप्लेजुङ । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्दै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाले जोखिमबाट सतर्कता अपनाउनुपर्ने प्रजिअ सेढाइँले सूचनामा जनाएको छन् ।

कञ्चनजङ्घा हिमालसहित पर्यटकीय गन्तव्यहरु रहेको जिल्ला र अहिले पर्यटकीय मौसम भएकाले हिमपातजन्य जोखिमबाट पर्यटक नै बढी प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कञ्चनजङ्घासहितका गन्तव्यको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटक, पदयात्री, पाथीभरासहित तीर्थस्थलको दर्शन गर्ने तीर्थयात्री र अहिलेको मौसममा विभिन्न क्षेत्रको भ्रमण गर्न निस्किएका नागरिकलाई सतर्कता अपनाउन प्रजिअ सेढाइँले आग्रह गरेको छन् ।

यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई पनि वर्षा र हिमपातका कारण आइपर्ने जोखिम र जाडोबाट जोगिएर बस्न अर्थात् सतर्कता अपनाउन साथै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिम रहेको क्षेत्रमा भ्रमण तथा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा मौसमी अवस्थालाई ख्याल गरेर मात्र भ्रमण साथै यात्रा गर्न स्थानीय प्रशासनको सुझाव छ ।  

यता मौसम भने सोमबार रातिदेखि नै धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङ बजारमा फाट्टफुट्ट वर्षा भएको छ । जिल्लाको उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको स्थानीयले बताएका छन् । मौसम धुम्मिएका कारण जिल्लामा जाडो पनि बढेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending