Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

हायात विवादको भित्री कथा ‘अनिश्चितकालीन बन्द’ कि ‘रोजगारी कटौतीको बहाना’?

खबरडबली संवाददाता

काठमाडौं । नेपालको पाँचतारे होटल क्षेत्रको प्रतीकजस्तै मानिने बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं) हाल विवादको केन्द्रमा परेको छ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि होटलले “अनिश्चितकालीन बन्द” घोषणा गरेपछि मजदुरहरू सडकमा उत्रिएका छन्। तर, विवादको मूल प्रश्न हो । होटल साँच्चै सञ्चालन योग्य छैन, वा यो कर्मचारी कटौतीको बहाना मात्र हो?

आंशिक क्षति, तर अनिश्चितकालीन बन्द

होटलका कर्मचारीका अनुसार आन्दोलनका क्रममा करिब ३ देखि ५ प्रतिशत मात्र क्षति पुगेको हो। “८–१० वटा कोठामा ढोका फोडिएको र केही पेटीमा धुँवा लागेको बाहेक ठूलो क्षति छैन,” होटलका एक पुराना कर्मचारीले भने। उनका अनुसार, होटलले नियत सफा राख्ने हो भने “१५ दिनभित्रै मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था” छ। तर व्यवस्थापनको भनाइ फरक छ।

प्रवन्ध निर्देशक सुरेशलाल श्रेष्ठका अनुसार, आन्दोलनपछि ७० वटा कोठा र होटलको लबीमा क्षति पुगेको छ। “हामीले ड्यामेजको अध्ययन, रिडिजाइन र पुनर्निर्माणको प्रक्रिया अघि बढाएका छौं,” श्रेष्ठले भने, “कम्तीमा एक वर्ष लाग्छ होटल पुनः सञ्चालनमा ल्याउन।” दुवै पक्षको बयानबीच ठूलो फरक छ  । जसले होटलभित्रको विश्वास संकटलाई झल्काउँछ।

बन्दको बहाना रोजगारी कटौतीका लागि

हायातमा हाल १४७ स्थायी र करिब २०० करार कर्मचारी कार्यरत छन्। कर्मचारीका अनुसार, आन्दोलनअघि नै होटलले रिनोभेसनको सूचना जारी गरेको थियो । जसअनुसार पहिलो चरणमा २४० कोठा रिनोभेसन गरी बाँकीमा मात्र पर्यटक राख्ने योजना थियो।

तर आन्दोलनपछि होटलले एक्कासी अनिश्चितकालीन बन्द घोषणा गर्दै सबै कर्मचारीलाई “नआउनु” भन्ने सूचना जारी गरेको छ। “हामीले तिहारसम्म खाना खान पाएका थियौं, त्यसपछि ढोका नै बन्द गरियो,” एक कर्मचारीले भनिन्, “होटल चलाउन मिल्ने अवस्था हुँदाहुँदै, बन्द गरेर रोजगारी खोस्ने प्रयास हो।”

कर्मचारीहरू हाल होटल परिसरबाहिर चौरमा धर्ना दिइरहेका छन्। उनीहरूको माग छ “होटलले काम गर्न देओ, या श्रम ऐन अनुसारको सम्पूर्ण सुविधा दिएर पठाओ।”

क्यासिनोमा पूर्ण क्षति, तर होटल ‘ठूलो क्षति छैन’

होटल परिसरभित्र रहेको क्यासिनोमा भने ठूलो क्षति भएको प्राधिकरण स्रोतको भनाइ छ।
त्यहाँ कार्यरत ५०० भन्दा बढी कर्मचारी अहिले बेरोजगार बनेका छन्। तर होटलका अन्य भागहरू  जस्तै कोठा, लबी, र भान्साघर “थोरै मर्मत गरेपछि चलाउन सकिने” अवस्थामा रहेको कर्मचारीहरूको दाबी छ।

होटलभित्र रहेका सामानहरू पनि सुरक्षित छन्। “धुँवा लागेको कोठाका बेड र फर्निचर हामीले व्याङ्क्वेट हलमा सुरक्षित राखेका छौं,” एक कर्मचारीले बताए, “तर व्यवस्थापनले यो कुरा बाहिर बताउँदैन।”

व्यवस्थापनको जवाफः ‘कानून अनुसार सेवा सुविधा दिन्छौं’

व्यवस्थापनले भने आफूहरू कर्मचारीविरोधी नभएको बताउँदै आएको छ। प्रवन्ध निर्देशक श्रेष्ठका अनुसार, होटलले क्षतिग्रस्त भवनबाट सेवा दिन सक्दैन, त्यसैले कर्मचारीलाई कानूनी रूपमा सेवा सुविधा दिएर पठाइनेछ।

“हामीले कर्मचारीसँग छलफल गर्दैछौं। कानूनले जति राहत र सुविधा व्यवस्था गरेको छ, त्यो अनुसार दिनेछौं,” श्रेष्ठले भने, “होटल पुनर्निर्माणपछि फेरी रोजगारीको अवसर सिर्जना हुनेछ।” तर कर्मचारी संघका प्रतिनिधिहरू यो जवाफबाट सन्तुष्ट छैनन्।

“यो कानूनी बहानामा जबर्जस्ती निकाला हो,” उनीहरूको भनाइ छ। श्रम ऐनले पुनर्निर्माणका कारण अस्थायी बन्दका बेला पनि कर्मचारीलाई आधारभूत तलब र सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । जुन प्रावधान लागू गर्न मजदुर पक्ष अडिग छ।

हायातको इतिहास र अहिलेको अवस्था

हायात रिजेन्सी काठमाडौं २०५५ सालमा सञ्चालनमा आएको हो। २५ वर्षअघि सुरु भएको यो होटल नेपाली पर्यटन र आतिथ्य क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय लगानीमध्ये एक हो। यसले २८० कोठा, क्यासिनो, रेष्टुरेन्ट, स्पा र सम्मेलन हलमार्फत वार्षिक सयौं विदेशी पाहुनाको सेवा गर्दै आएको छ।

तर पछिल्ला वर्षहरूमा पर्यटन घट्दा, महँगो सञ्चालन लागत र कोरोना महामारीले होटलको आम्दानी घटाएको थियो। भदौको जेनजी आन्दोलनले थप आर्थिक दबाब सिर्जना गरेको कर्मचारीहरूको बुझाइ छ।

श्रम अधिकार बनाम लगानी सुरक्षा

हायात विवाद केवल एउटा होटलको समस्या होइन — यो नेपालमा श्रम अधिकार र लगानी सुरक्षा बीचको द्वन्द्वको उदाहरण हो। होटल व्यवस्थापनको चिन्ता — “सुरक्षा र लगानी जोखिम”, कर्मचारी पक्षको चिन्ता  “नोकरी र कानुनी हक”।

होटलले “कानूनअनुसार सुविधा दिने” भनिरहे पनि, कर्मचारीहरू “पुनः रोजगारीको ग्यारेन्टी” मागिरहेका छन्। दुवै पक्षका माग सही भए पनि समन्वय र पारदर्शिता अभावले विवाद गहिरिँदै गएको छ।

पर्यटन उद्योगमा सन्देश

नेपालमा अहिले पाँचतारे होटलहरू क्रमशः सञ्चालनमा फर्किरहेका बेला हायात जस्तो ठूला ब्रान्डको बन्दले अन्तर्राष्ट्रिय लगानीकर्ता र पर्यटन बजारमा नकारात्मक सन्देश पठाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

नेपाल होटल एशोसिएशनका एक सदस्यका अनुसार, “हायात जस्तो प्रतिष्ठित होटलमा श्रम विवादले देशको लगानी वातावरणमा असर पार्छ। तर यसका जरा श्रमिक र व्यवस्थापन दुवै पक्षको संवादको कमीमा छन्।”

समाधान संवादमै

हायात विवादले देखाएको छ । ‘अनिश्चितकालीन बन्द’ को अर्थ सधैं क्षति होइन; कहिलेकाहीँ नीतिगत अस्पष्टता र अविश्वास पनि हुन सक्छ। होटल र कर्मचारीबीचको विश्वास पुनःस्थापना नहुने हो भने यो विवाद नेपालका अन्य होटल र उद्योगमा पनि पुनः दोहोरिन सक्छ।

अहिले जरुरी छ एकपक्षीय निर्णय होइन, संवाद र पारदर्शी पुनर्निर्माण योजना, जसले श्रमिकको अधिकार र लगानीकर्ताको सुरक्षाबीच सन्तुलन कायम गर्न सकोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending