Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हायात विवादको भित्री कथा ‘अनिश्चितकालीन बन्द’ कि ‘रोजगारी कटौतीको बहाना’?

खबरडबली संवाददाता

काठमाडौं । नेपालको पाँचतारे होटल क्षेत्रको प्रतीकजस्तै मानिने बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं) हाल विवादको केन्द्रमा परेको छ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि होटलले “अनिश्चितकालीन बन्द” घोषणा गरेपछि मजदुरहरू सडकमा उत्रिएका छन्। तर, विवादको मूल प्रश्न हो । होटल साँच्चै सञ्चालन योग्य छैन, वा यो कर्मचारी कटौतीको बहाना मात्र हो?

आंशिक क्षति, तर अनिश्चितकालीन बन्द

होटलका कर्मचारीका अनुसार आन्दोलनका क्रममा करिब ३ देखि ५ प्रतिशत मात्र क्षति पुगेको हो। “८–१० वटा कोठामा ढोका फोडिएको र केही पेटीमा धुँवा लागेको बाहेक ठूलो क्षति छैन,” होटलका एक पुराना कर्मचारीले भने। उनका अनुसार, होटलले नियत सफा राख्ने हो भने “१५ दिनभित्रै मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था” छ। तर व्यवस्थापनको भनाइ फरक छ।

प्रवन्ध निर्देशक सुरेशलाल श्रेष्ठका अनुसार, आन्दोलनपछि ७० वटा कोठा र होटलको लबीमा क्षति पुगेको छ। “हामीले ड्यामेजको अध्ययन, रिडिजाइन र पुनर्निर्माणको प्रक्रिया अघि बढाएका छौं,” श्रेष्ठले भने, “कम्तीमा एक वर्ष लाग्छ होटल पुनः सञ्चालनमा ल्याउन।” दुवै पक्षको बयानबीच ठूलो फरक छ  । जसले होटलभित्रको विश्वास संकटलाई झल्काउँछ।

बन्दको बहाना रोजगारी कटौतीका लागि

हायातमा हाल १४७ स्थायी र करिब २०० करार कर्मचारी कार्यरत छन्। कर्मचारीका अनुसार, आन्दोलनअघि नै होटलले रिनोभेसनको सूचना जारी गरेको थियो । जसअनुसार पहिलो चरणमा २४० कोठा रिनोभेसन गरी बाँकीमा मात्र पर्यटक राख्ने योजना थियो।

तर आन्दोलनपछि होटलले एक्कासी अनिश्चितकालीन बन्द घोषणा गर्दै सबै कर्मचारीलाई “नआउनु” भन्ने सूचना जारी गरेको छ। “हामीले तिहारसम्म खाना खान पाएका थियौं, त्यसपछि ढोका नै बन्द गरियो,” एक कर्मचारीले भनिन्, “होटल चलाउन मिल्ने अवस्था हुँदाहुँदै, बन्द गरेर रोजगारी खोस्ने प्रयास हो।”

कर्मचारीहरू हाल होटल परिसरबाहिर चौरमा धर्ना दिइरहेका छन्। उनीहरूको माग छ “होटलले काम गर्न देओ, या श्रम ऐन अनुसारको सम्पूर्ण सुविधा दिएर पठाओ।”

क्यासिनोमा पूर्ण क्षति, तर होटल ‘ठूलो क्षति छैन’

होटल परिसरभित्र रहेको क्यासिनोमा भने ठूलो क्षति भएको प्राधिकरण स्रोतको भनाइ छ।
त्यहाँ कार्यरत ५०० भन्दा बढी कर्मचारी अहिले बेरोजगार बनेका छन्। तर होटलका अन्य भागहरू  जस्तै कोठा, लबी, र भान्साघर “थोरै मर्मत गरेपछि चलाउन सकिने” अवस्थामा रहेको कर्मचारीहरूको दाबी छ।

होटलभित्र रहेका सामानहरू पनि सुरक्षित छन्। “धुँवा लागेको कोठाका बेड र फर्निचर हामीले व्याङ्क्वेट हलमा सुरक्षित राखेका छौं,” एक कर्मचारीले बताए, “तर व्यवस्थापनले यो कुरा बाहिर बताउँदैन।”

व्यवस्थापनको जवाफः ‘कानून अनुसार सेवा सुविधा दिन्छौं’

व्यवस्थापनले भने आफूहरू कर्मचारीविरोधी नभएको बताउँदै आएको छ। प्रवन्ध निर्देशक श्रेष्ठका अनुसार, होटलले क्षतिग्रस्त भवनबाट सेवा दिन सक्दैन, त्यसैले कर्मचारीलाई कानूनी रूपमा सेवा सुविधा दिएर पठाइनेछ।

“हामीले कर्मचारीसँग छलफल गर्दैछौं। कानूनले जति राहत र सुविधा व्यवस्था गरेको छ, त्यो अनुसार दिनेछौं,” श्रेष्ठले भने, “होटल पुनर्निर्माणपछि फेरी रोजगारीको अवसर सिर्जना हुनेछ।” तर कर्मचारी संघका प्रतिनिधिहरू यो जवाफबाट सन्तुष्ट छैनन्।

“यो कानूनी बहानामा जबर्जस्ती निकाला हो,” उनीहरूको भनाइ छ। श्रम ऐनले पुनर्निर्माणका कारण अस्थायी बन्दका बेला पनि कर्मचारीलाई आधारभूत तलब र सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । जुन प्रावधान लागू गर्न मजदुर पक्ष अडिग छ।

हायातको इतिहास र अहिलेको अवस्था

हायात रिजेन्सी काठमाडौं २०५५ सालमा सञ्चालनमा आएको हो। २५ वर्षअघि सुरु भएको यो होटल नेपाली पर्यटन र आतिथ्य क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय लगानीमध्ये एक हो। यसले २८० कोठा, क्यासिनो, रेष्टुरेन्ट, स्पा र सम्मेलन हलमार्फत वार्षिक सयौं विदेशी पाहुनाको सेवा गर्दै आएको छ।

तर पछिल्ला वर्षहरूमा पर्यटन घट्दा, महँगो सञ्चालन लागत र कोरोना महामारीले होटलको आम्दानी घटाएको थियो। भदौको जेनजी आन्दोलनले थप आर्थिक दबाब सिर्जना गरेको कर्मचारीहरूको बुझाइ छ।

श्रम अधिकार बनाम लगानी सुरक्षा

हायात विवाद केवल एउटा होटलको समस्या होइन — यो नेपालमा श्रम अधिकार र लगानी सुरक्षा बीचको द्वन्द्वको उदाहरण हो। होटल व्यवस्थापनको चिन्ता — “सुरक्षा र लगानी जोखिम”, कर्मचारी पक्षको चिन्ता  “नोकरी र कानुनी हक”।

होटलले “कानूनअनुसार सुविधा दिने” भनिरहे पनि, कर्मचारीहरू “पुनः रोजगारीको ग्यारेन्टी” मागिरहेका छन्। दुवै पक्षका माग सही भए पनि समन्वय र पारदर्शिता अभावले विवाद गहिरिँदै गएको छ।

पर्यटन उद्योगमा सन्देश

नेपालमा अहिले पाँचतारे होटलहरू क्रमशः सञ्चालनमा फर्किरहेका बेला हायात जस्तो ठूला ब्रान्डको बन्दले अन्तर्राष्ट्रिय लगानीकर्ता र पर्यटन बजारमा नकारात्मक सन्देश पठाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

नेपाल होटल एशोसिएशनका एक सदस्यका अनुसार, “हायात जस्तो प्रतिष्ठित होटलमा श्रम विवादले देशको लगानी वातावरणमा असर पार्छ। तर यसका जरा श्रमिक र व्यवस्थापन दुवै पक्षको संवादको कमीमा छन्।”

समाधान संवादमै

हायात विवादले देखाएको छ । ‘अनिश्चितकालीन बन्द’ को अर्थ सधैं क्षति होइन; कहिलेकाहीँ नीतिगत अस्पष्टता र अविश्वास पनि हुन सक्छ। होटल र कर्मचारीबीचको विश्वास पुनःस्थापना नहुने हो भने यो विवाद नेपालका अन्य होटल र उद्योगमा पनि पुनः दोहोरिन सक्छ।

अहिले जरुरी छ एकपक्षीय निर्णय होइन, संवाद र पारदर्शी पुनर्निर्माण योजना, जसले श्रमिकको अधिकार र लगानीकर्ताको सुरक्षाबीच सन्तुलन कायम गर्न सकोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending