Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

तेल बन्द नगरेको भए, म आज बोलिरहेको हुने थिइनँः क्याप्टेन विवेक

खबरडबली संवाददाता

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खराब मौसम र बाक्लो हिउँका कारण हेलिकप्टर अवतरणका क्रममा सन्तुलन गुमेपछि दुर्घटना भएको क्याप्टेन विवेकले बताएका छन् ।

दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन विवेक सिंह सुरक्षित रहेका छन् । उनी लुक्लाबाट अर्को हेलिकप्टरमार्फत फर्किएका छन् ।

‘आज बिहान लुक्लाबाट फेरिचे र कोथेमा दुई वटा चार्टर उडान गरिसकेको थिएँ,’ क्याप्टेन विवेकले भने, ‘लोबुचेका लागि तेस्रो उडान थियो । त्यहाँ दुई जना विदेशी उचाइमा बिरामी भएकाले उद्धार उडान गर्न गएको थिएँ ।’

उनका अनुसार लोबुचेमा अवतरणको क्रममा बाक्लो हिउँ र बादलका कारण दृश्यता कमजोर थियो । हेलिप्याड हिउँले ढाकिएको थियो र अवतरणमा सहयोग गर्ने ‘मार्सलर’ कोही पनि थिएनन् ।

‘हिउँमाथि अवतरण गर्दा जमिनजस्तो हुँदैन,’ उनले भने, ‘त्यसैले सन्तुलन खलबलियो र पुनः माथि उठाउन सकिएन । हिउँको संरचना कमजोर हुँदा हेलिकप्टर अस्थिर भयो ।’

क्याप्टेन विवेकका अनुसार सन्तुलन बिग्रिनासाथ उनले तत्काल इन्धन आपूर्ति बन्द गरेर ब्रेक तानेका थिए । यही निर्णयले ठूलो क्षति हुनबाट बचाएको उनको भनाइ छ । ‘सन्तुलन खल्बलिनेबित्तिकै तेल बन्द गरेँ, त्यसैले आगो लाग्न पाएन,’ उनले भने, ‘त्यसपछि जहाज रोकियो । मलाई केही भएको छैन । शरीरमा घाउचोट पनि छैन ।’

दुर्घटनापछि उनी लुक्लाबाट कैलाश एयरको हेलिकप्टरमार्फत फर्किएका छन् । ‘म अहिले लुक्ला आइपुगेको छु,’ उनले भने, ‘केही बेरमा काठमाडौं फर्किने तयारीमा छु ।’

लोबुचे क्षेत्र यतिबेला बाक्लो हिउँ र न्यून दृश्यताको कारण जोखिमपूर्ण भएको स्थानीयले बताएका छन् । हिउँ र हावाको कारण पछिल्ला दिनमा उद्धार उडानहरूमा पनि चुनौती बढेको बताइन्छ ।

अल्टिच्युड एयरका अनुसार हेलिकप्टरमा अन्य कोही यात्रु वा उद्धारकर्मी सवार थिएनन् । यान्त्रिक क्षतिबारे विस्तृत विवरणका लागि प्राविधिक टोली खुम्बु क्षेत्र पठाइएको छ ।

सगरमाथा आधार शिविरनजिकै लबुचेमा हेलिकप्टर दुर्घटना

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending