Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

तेल बन्द नगरेको भए, म आज बोलिरहेको हुने थिइनँः क्याप्टेन विवेक

खबरडबली संवाददाता

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खराब मौसम र बाक्लो हिउँका कारण हेलिकप्टर अवतरणका क्रममा सन्तुलन गुमेपछि दुर्घटना भएको क्याप्टेन विवेकले बताएका छन् ।

दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन विवेक सिंह सुरक्षित रहेका छन् । उनी लुक्लाबाट अर्को हेलिकप्टरमार्फत फर्किएका छन् ।

‘आज बिहान लुक्लाबाट फेरिचे र कोथेमा दुई वटा चार्टर उडान गरिसकेको थिएँ,’ क्याप्टेन विवेकले भने, ‘लोबुचेका लागि तेस्रो उडान थियो । त्यहाँ दुई जना विदेशी उचाइमा बिरामी भएकाले उद्धार उडान गर्न गएको थिएँ ।’

उनका अनुसार लोबुचेमा अवतरणको क्रममा बाक्लो हिउँ र बादलका कारण दृश्यता कमजोर थियो । हेलिप्याड हिउँले ढाकिएको थियो र अवतरणमा सहयोग गर्ने ‘मार्सलर’ कोही पनि थिएनन् ।

‘हिउँमाथि अवतरण गर्दा जमिनजस्तो हुँदैन,’ उनले भने, ‘त्यसैले सन्तुलन खलबलियो र पुनः माथि उठाउन सकिएन । हिउँको संरचना कमजोर हुँदा हेलिकप्टर अस्थिर भयो ।’

क्याप्टेन विवेकका अनुसार सन्तुलन बिग्रिनासाथ उनले तत्काल इन्धन आपूर्ति बन्द गरेर ब्रेक तानेका थिए । यही निर्णयले ठूलो क्षति हुनबाट बचाएको उनको भनाइ छ । ‘सन्तुलन खल्बलिनेबित्तिकै तेल बन्द गरेँ, त्यसैले आगो लाग्न पाएन,’ उनले भने, ‘त्यसपछि जहाज रोकियो । मलाई केही भएको छैन । शरीरमा घाउचोट पनि छैन ।’

दुर्घटनापछि उनी लुक्लाबाट कैलाश एयरको हेलिकप्टरमार्फत फर्किएका छन् । ‘म अहिले लुक्ला आइपुगेको छु,’ उनले भने, ‘केही बेरमा काठमाडौं फर्किने तयारीमा छु ।’

लोबुचे क्षेत्र यतिबेला बाक्लो हिउँ र न्यून दृश्यताको कारण जोखिमपूर्ण भएको स्थानीयले बताएका छन् । हिउँ र हावाको कारण पछिल्ला दिनमा उद्धार उडानहरूमा पनि चुनौती बढेको बताइन्छ ।

अल्टिच्युड एयरका अनुसार हेलिकप्टरमा अन्य कोही यात्रु वा उद्धारकर्मी सवार थिएनन् । यान्त्रिक क्षतिबारे विस्तृत विवरणका लागि प्राविधिक टोली खुम्बु क्षेत्र पठाइएको छ ।

सगरमाथा आधार शिविरनजिकै लबुचेमा हेलिकप्टर दुर्घटना

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending