Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

दल एकता केवल औपचारिक होइन, वैचारिक रूपान्तरणमा केन्द्रित हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

नेकपा एससँग एकतामा हतार नगरौँ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्दा हतार नगर्न सुझाव दिएका छन्।

बुधबारदेखि सुरु हुन लागेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकअघि टिप्पणी गर्दै नेता श्रेष्ठले ‘कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनसहितको समग्र एकता’ को आवश्यकता औंल्याए।

श्रेष्ठले भने, “नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, राजनीतिक र सांस्कृतिक रूपान्तरण आजको आवश्यकता हो। त्यस दिशामा सार्थक पहल समयको माग हो, तर यो प्रक्रियालाई केवल दुई पार्टीबीचको औपचारिक एकतामा सीमित गर्नु हुँदैन।”

उनका अनुसार, माओवादी र नेकपा (एस) बीचको सम्भावित एकतालाई समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन अभियानको प्रस्थान विन्दुका रूपमा विकास गर्न सकिए मात्र त्यो अर्थपूर्ण हुनेछ।

“यो एकता प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउने दिशामा योगदान दिनुपर्छ,” श्रेष्ठले भने, “तर सम्बन्धित दलहरू विभाजित रूपमा होइन, समष्टिगत रूपमा एकतामा सामेल हुनुपर्छ।”

श्रेष्ठले एकताको प्रयत्नलाई धैर्य, सहमति र साझा रूपान्तरणको आधारमा अघि बढाउनुपर्ने बताए। उनले हतारबाजीले न त सार्थक पुनर्गठन सम्भव हुने, न त दीर्घकालीन एकता सुनिश्चित हुने चेतावनी दिए।

कम्युनिस्ट आन्दोलनलाई पुनर्संरचना र वैचारिक अद्यावधिकतामा ल्याउने विषयमा पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीबीच लगातार संवाद हुँदै आएको छ। नेताहरूबीच संगठनात्मक संरचना, वैचारिक पुनर्निर्माण र नेतृत्व संयोजनका विषयमा छलफल भइरहेको बताइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending