काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्दा हतार नगर्न सुझाव दिएका छन्।
बुधबारदेखि सुरु हुन लागेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकअघि टिप्पणी गर्दै नेता श्रेष्ठले ‘कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनसहितको समग्र एकता’ को आवश्यकता औंल्याए।
श्रेष्ठले भने, “नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, राजनीतिक र सांस्कृतिक रूपान्तरण आजको आवश्यकता हो। त्यस दिशामा सार्थक पहल समयको माग हो, तर यो प्रक्रियालाई केवल दुई पार्टीबीचको औपचारिक एकतामा सीमित गर्नु हुँदैन।”
उनका अनुसार, माओवादी र नेकपा (एस) बीचको सम्भावित एकतालाई समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन अभियानको प्रस्थान विन्दुका रूपमा विकास गर्न सकिए मात्र त्यो अर्थपूर्ण हुनेछ।
“यो एकता प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउने दिशामा योगदान दिनुपर्छ,” श्रेष्ठले भने, “तर सम्बन्धित दलहरू विभाजित रूपमा होइन, समष्टिगत रूपमा एकतामा सामेल हुनुपर्छ।”
श्रेष्ठले एकताको प्रयत्नलाई धैर्य, सहमति र साझा रूपान्तरणको आधारमा अघि बढाउनुपर्ने बताए। उनले हतारबाजीले न त सार्थक पुनर्गठन सम्भव हुने, न त दीर्घकालीन एकता सुनिश्चित हुने चेतावनी दिए।
कम्युनिस्ट आन्दोलनलाई पुनर्संरचना र वैचारिक अद्यावधिकतामा ल्याउने विषयमा पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीबीच लगातार संवाद हुँदै आएको छ। नेताहरूबीच संगठनात्मक संरचना, वैचारिक पुनर्निर्माण र नेतृत्व संयोजनका विषयमा छलफल भइरहेको बताइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: