काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनलाई एक ढिक्क बनाउन नेकपा (माओवादी केन्द्र) को पहलमा सुरु गरिएको एकता प्रयास निर्णायक चरणमा पुगेको छ । यस प्रक्रियामा सातवटा वामपन्थी दलहरू एक हुने सहमति नजिक पुगेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका सात दलमध्ये प्रमुख रूपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेर बनेको महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
यसका अतिरिक्त, नेकपा (एमाले) बाट छुट्टिएको प्रेमबहादुर सिंह नेतृत्वको दल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, र नेकपा (विप्लव) बाट अलग भएर बनेको चिरण सी नेतृत्वको समूह पनि एकता प्रक्रियामा सहभागी हुने भएका छन् ।
वैचारिक तथा सांगठनिक तहमा सहमति
माओवादी केन्द्रले शनिबार आयोजना गरेको सचिवालय बैठकमा एकता प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सापकोटाले एकताको वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत पक्षमा करिब–करिब सहमति भइसकेको बताए ।
‘अब प्राविधिक र सांगठनिक विषयमा छलफल भइरहेको छ,’ सापकोटाले भने, ‘पार्टीबीचको सहमति प्रक्रियामा उल्लेख्य प्रगति भएको छ, र अब औपचारिक घोषणा नजिकिएको छ।’
नेतृत्वमा प्रचण्ड अनि सहसंयोजक माधव नेपाल
एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्वमा नेकपा माओवादी केन्द्रका संयाेजक प्रचण्ड रहने पक्का भएको स्रोतले जनाएको छ । प्रारम्भिक संरचनामा प्रचण्ड संयोजक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक रहने प्रस्ताव गरिएको छ ।
यसअघि, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले शुक्रबार माओवादी केन्द्रसहितका वाम दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट माओवादी केन्द्रको सचिवालय बैठक बसेको हो ।
एक साताभित्रै ‘एकता सभा’
माओवादी केन्द्रले एकताको निर्णय अनुमोदनका लागि यही कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । सो बैठकमा औपचारिक सहमति पत्र अनुमोदन गरी ‘एकता घोषणा सभा’ का लागि मिति टुंगो लगाइने बताइएको छ ।
सचिवालय बैठकपछि संयोजक प्रचण्डले पनि एकता प्रक्रियामा रहेका दलहरूको ‘एकता सभा’ एक साताभित्रै सम्पन्न हुने जानकारी दिएका छन् । उनका अनुसार, दलभित्र फरक मत राख्ने नेताहरू र समूहहरूसँग पनि संवाद जारी छ ।
‘सबै पक्षबीच छलफल भइरहेको छ, फरक विचारहरूलाई समेट्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणतर्फ हामी अघि बढिरहेका छौं,’ प्रचण्डले भने, ‘देशको परिवर्तन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न वाम एकता अत्यावश्यक छ ।’
स्रोतका अनुसार, एकता घोषणापछि नयाँ पार्टीको नाम, चिन्ह र नीति–दिशा तय गर्न विशेष कार्यदल गठन गरिने तयारी समेत भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: