पोखरा । लगातारको वर्षा र भारी हिमपातका कारण उपल्लो मुस्ताङसँग सडक, विद्युत् र इन्टरनेट सम्पर्क विच्छेद भएको छ। राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक भासिएको छ, जसका कारण करिब साढे पाँच सयभन्दा बढी पर्यटक र सयभन्दा बढी सवारीसाधन त्यहीँ अलपत्र परेका छन्।
बागबेनीपारि छुसाङदेखि माथिल्लो क्षेत्रसम्म सडक, विजुली र सञ्चार सेवा सबै ठप्प भएका छन्। लोमान्थाङलगायतका बस्तीहरू ११ कात्तिकदेखि नै सम्पर्कविहीन बनेका हुन् भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र पनि पूर्ण रूपमा विच्छेद भएका छन्।
मुस्ताङका प्रहरी प्रमुख डीएसपी छिरिङ किप्पा लामाका अनुसार छुसाङदेखि माथिल्लो भागसम्म कम्तीमा आधा दर्जन ठूला पहिरो खसेका छन्। पहिरो पन्छाउन जेसिबी परिचालन गरिएको भए पनि पूर्ण रूपमा सडक खुल्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
दशैं–तिहार पछिको पर्यटन चापका कारण पछिल्ला १० दिनमै करिब ४० हजार पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये धेरै मोटरसाइकल, निजी सवारी वा सार्वजनिक गाडीमार्फत चिनियाँ नाका कोरोलासम्म पुग्ने क्रममा रहेका थिए। हिमपातका कारण जोखिमपूर्ण यात्रा भए पनि धेरै पर्यटकले रोमाञ्चक अनुभव पाएको बताएका छन्।
प्रशासनले कात्तिक ११ गतेदेखि नै उच्च पहाडी क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरे पनि धेरै पर्यटक पदमार्गमै थिए। कागबेनी वरपरको क्षेत्रमा परेको हिमपातपछि केही ठाउँमा उद्धारको आवश्यकता पनि परेको थियो।
वारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो भागमा लगातारको वर्षा र हिमपातका कारण पहिरो बग्ने, चौपाया मर्ने र पूर्वाधारमा क्षति पुगेको जनाइएको छ। यद्यपि किसान भने यस वर्षको समयमै परेको हिमपातले उत्साहित छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अहिले करिब साढे पाँच सयभन्दा बढी पर्यटकसँग सम्पर्क विच्छेद भएको अनुमान छ। प्रशासन र सुरक्षाकर्मीहरूले सडक र सञ्चार पुनःस्थापनाका प्रयासलाई तीव्र पारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: