Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

महोत्तरी चिसोमा चटाइ र घूरको भर

खबरडबली संवाददाता

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापेर चिसो धपाउने प्रयास जारी छ ।

पुस ३ गतेदेखि शीतलहर सुरु भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । “के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ ? के लायौ ? सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो”, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्छिन्, “यही घूर तापेर जाडो काट्नु छ ।”

जिल्लामा खासगरी मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदाय गरिबी, अशिक्षा र कुपोषणको सिकार बनेका छन् । प्रत्येक वर्ष जाडो लागेपछि यी बस्तीको बिचल्ली सुरु हुन्छ । न अन्न राख्ने कोठी न ओढ्ने, ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगा ।

गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने यही पचपची धुवाँ निस्कने ‘घूर’ र ओढ्न-ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर । “भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो”, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्नुहुन्छ, “राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा ।”

रात काटन ‘घूर’ र ‘चटाइ’को सहारा लिएका यी गरिब उज्यालो हुँदा पारिलो घामको आस गर्छन् । तर पछिल्ला करिब दुई सातायता राम्ररी घाम नदेखिँदा गरिब बस्तीको बिजोग झनै बढेको छ ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो”, लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्नुहुन्छ, “भगवान्को यस्तै खटन छ ।” यो लामो शीतलहरले सुत्न, बस्नमात्र नभएर गरिब बस्तीमा खानपिनको अभाव पनि बढ्दै गएको भङ्गाहा–५ कर्पुरगञ्जको बाँतरटोलका ६० वर्षीय रामजुलुम बाँतर बताछन् । “बनबिुतो गरेर जीवन धान्नु पर्नेलाई यो शीतलहरले काममा निस्कन दिएको छैन, घरमा भएको अन्नपात सकिदै गएपछि अब भोकभोकै पर्ने दिन आउँदैछन्”, उनी भन्छन् ।

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिन्छ । तर जिल्लामा बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending