Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो ।

जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताए । गत वर्ष दुई सय किलोभन्दा बढी कागती कुहिएर नष्ट भएको भन्दै यसपाली पनि बिक्री नहुँदा कुहिने डर भएको उनको भनाइ छ ।

बजारमा आउने भारतीय कागतीले स्थानीय उत्पादनलाई ओझेलमा पारेको घर्तीले बताए । ‘सडकसँगै सवारीसाधनको सुविधा पुगेपछि कागतीको माग बढ्छ भन्ने लागेको थियो । सोही कारणले व्यावसायिक रूपमा खेती गरियो, दुई/तीन वर्षदेखि प्रशस्त उत्पादन हुँदै आए पनि बजार नपाउँदा कुहिएर खेर जाने गरेको छ,’ उनले भने । किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले गरेमा समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

‘पश्चिम बागलुङको मुख्य बजार बुटवल हो । तर बुटवलमा भारतीय कागतीको दबदबा छ,’ किसान चमबहादुर रोकाले भने, ‘अघिल्लो वर्ष तयार गरेर राखेको करिब एक सय ५० लिटर चुक अहिलेसम्म बिक्री भएको छैन ।’ अहिले पनि बोटमा लटरम्मै कागती फलेका भन्दै कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उनले बताए ।

रोकाका अनुसार कागतीको रसलाई प्रतिलिटर एक हजारदेखि एक हजार २०० रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ । पछिल्लो समय भने माग आउन छाडेकाले बिक्री नभएको उनको भनाइ छ । उनले भने, ‘मकै, गहुँ र कोदो फल्ने बारीमा कागती लगाइयो, अहिले उत्पादन भएको कागतीले बजार पाउँदैन । राम्रै आम्दानी हुन्छ भनेर कागतीखेती गरियो तर अहिले बजार नपाउँदा समस्या भयो । सुपथ मूल्यमै दिँदा पनि अर्गानिक कागती व्यापारीले राख्दैनन् ।’

बागलुङ जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा बर्सेनि चार हजार ७१ मेट्रिकटन कागती उत्पादन हुँदै आएको छ ।

यस वर्ष जरा कुहिने रोगले बोट मर्दा उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विकास कार्यालयकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन् । उत्पादित कागतीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending