Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

विकासोन्मुख देशका लागि उन्नत समर्थन आवश्यक: राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशका लागि स्रोतसाधनसँगै प्राविधिक ज्ञान र सीप आवश्यक रहेको बताउँदै एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन जरुरी भएको बताएका छन् ।

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धता, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले समावेशी शासन, महिला, युवा, आदिवासी जनजाति, दलित र अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु नेपालको प्राथमिकता रहेको बताए ।

उनका अनुसार नेपालले समावेशीता, न्याय र सामाजिक सुरक्षालाई सामाजिक विकासका आधारस्तम्भका रूपमा लिएको छ । संविधानले कोपेनहेगन घोषणापत्रका सिद्धान्तहरू आत्मसात् गरेको उल्लेख गर्दै उनले समान अधिकार, अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाज निर्माणतर्फ नेपाल अग्रसर रहेको बताए ।

राष्ट्रपति पौडेलले गरिबी आधा घटेको, दिगो विकास लक्ष्यहरूमा विश्व औसतभन्दा राम्रो प्रगति भएको र ९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गरिरहेको जानकारी दिए । शिक्षा, लैङ्गिक समानता, मातृ तथा बाल मृत्युदरमा सुधार र करिब ९० सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको बताए ।

उनले जेनजी आन्दोलनपछि संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै प्रतिनिधिसभा निर्वाचन घोषणा गरी मुलुकलाई राजनीतिक निकासतर्फ डोर्याएको स्मरण गरे । निर्वाचनले सुशासन, विकास र समृद्धिको बाटो खुलाउने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपाल कार्बन उत्सर्जनमा नगण्य योगदानकर्तामात्र भए पनि जलवायु परिवर्तनका प्रतिकूल असर सहन बाध्य भएको बताए । उनले विकासोन्मुख मुलुकहरूको प्रयासलाई सघाउन अन्तर्राष्ट्रिय समुदायको ठोस ऐक्यबद्धता र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

दोहा घोषणापत्रले न्यायपूर्ण, समावेशी र समतामूलक विश्व निर्माणका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले प्राथमिकताहरू पुनःसमीक्षा गरी स्रोत परिचालन गर्न आह्वान गरे ।

“इतिहासले सिकाएको छ– समावेशिता र साझा समृद्धि दिगो शान्ति र मानवीय मर्याको आधार हो,” राष्ट्रपति पौडेलले भने, “हामी सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित गर्ने भविष्य निर्माण गर्नुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: