काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशका लागि स्रोतसाधनसँगै प्राविधिक ज्ञान र सीप आवश्यक रहेको बताउँदै एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन जरुरी भएको बताएका छन् ।
कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धता, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले समावेशी शासन, महिला, युवा, आदिवासी जनजाति, दलित र अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु नेपालको प्राथमिकता रहेको बताए ।
उनका अनुसार नेपालले समावेशीता, न्याय र सामाजिक सुरक्षालाई सामाजिक विकासका आधारस्तम्भका रूपमा लिएको छ । संविधानले कोपेनहेगन घोषणापत्रका सिद्धान्तहरू आत्मसात् गरेको उल्लेख गर्दै उनले समान अधिकार, अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाज निर्माणतर्फ नेपाल अग्रसर रहेको बताए ।
राष्ट्रपति पौडेलले गरिबी आधा घटेको, दिगो विकास लक्ष्यहरूमा विश्व औसतभन्दा राम्रो प्रगति भएको र ९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गरिरहेको जानकारी दिए । शिक्षा, लैङ्गिक समानता, मातृ तथा बाल मृत्युदरमा सुधार र करिब ९० सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको बताए ।
उनले जेनजी आन्दोलनपछि संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै प्रतिनिधिसभा निर्वाचन घोषणा गरी मुलुकलाई राजनीतिक निकासतर्फ डोर्याएको स्मरण गरे । निर्वाचनले सुशासन, विकास र समृद्धिको बाटो खुलाउने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपाल कार्बन उत्सर्जनमा नगण्य योगदानकर्तामात्र भए पनि जलवायु परिवर्तनका प्रतिकूल असर सहन बाध्य भएको बताए । उनले विकासोन्मुख मुलुकहरूको प्रयासलाई सघाउन अन्तर्राष्ट्रिय समुदायको ठोस ऐक्यबद्धता र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
दोहा घोषणापत्रले न्यायपूर्ण, समावेशी र समतामूलक विश्व निर्माणका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले प्राथमिकताहरू पुनःसमीक्षा गरी स्रोत परिचालन गर्न आह्वान गरे ।
“इतिहासले सिकाएको छ– समावेशिता र साझा समृद्धि दिगो शान्ति र मानवीय मर्याको आधार हो,” राष्ट्रपति पौडेलले भने, “हामी सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित गर्ने भविष्य निर्माण गर्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: