Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

चुनाव नजिकिएसँगै दलहरुको पुरानै दाउ, जनताले सजग हुनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं ।  आगामी फागुन २१ गतेको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूका पुराना खेलहरू फेरी सक्रिय भएको देखिन्छ। विशेषगरी माओवादीले विगतमा गरेको राजनीतिक व्यवहार र गठबन्धनका निर्णयहरूबारे उठेका प्रश्नहरूले अहिले व्यापक चर्चा पाएका छन्।

२०७४ साल मंसिरमा माओवादी र एमालेबीच एकीकरण भएको थियो र सोही वर्षको संसदीय निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ५३ सिट जितेको तथ्यलाई स्मरण गरौं। त्यसपछि २०७९ सालको स्थानीय, प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा माओवादी गठबन्धनमा सहभागी रहँदै ३२ सिटसम्म सीमित रह्यो । यसबीचको राजनीतिक खेलले निर्णायक भूमिका खेलेको आरोप उठ्दै आएको छ । विशेषगरी सर्वाधिक मत पाए पनि काँग्रेसलाई सरकार बनाउन नदिने निर्णयपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेका थिए।

विचार र विश्लेषणका निबन्धकारहरूले प्रचण्डको नेतृत्वशैलीलाई ‘राजनीतिक दाउ–पेच’ भनेर व्याख्या गर्दै आएका छन् । साना दललाई भर्याङ्ग बनाएर ठूला दललाई धोका दिनु, गठबन्धनको खोल ओढेर आफ्नै राजनीतिक लाभ सुनिश्चित गर्नु र पदका लागि कठोर उपाय अवलम्बन गर्नु भन्ने नै त्यही खेल हो भनी तर्क गर्छन्। इतिहास हेर्दा प्रचण्ड तीनपटक प्रधानमन्त्री बन्नु र उनको नेतृत्वबाट चारपटक प्रधानमन्त्री उभारिनु यसैको उदाहरण मानिन्छ।

समालोचना अनुसार माओवादी शासनकाल र त्यसपछिका अवसरहरूमा दल र नेताहरूले देश र जनताको हितभन्दा निजि स्वार्थ, पद, र विलासितालाई प्राथमिकता दिएका छन्। जनयुद्धका समयका नेताहरूले शान्तिपछि सरकारी जिम्मेवारी पाएपछि शान्ति सम्झौतापछि पनि देश निर्माणमा अपेक्षित योगदान गर्न नसकेको, भ्रष्टाचार र सोह्रखुट्टे तन्त्रको आरोप सत्तामा रहेका माओवादी नेताहरूमाथि निरन्तर उठ्दै आएको छ।

विशेष उदाहरणहरूमध्येमा नेताहरूको व्यक्तिगत विलासिता, सरोकारविहीन परिवार नियुक्ति, र सार्वजनिक संवेदनशील घटनाहरूले सार्वजनिक विश्वासमा धक्का पुर्‍याएको बताइन्छ। आलोचकहरूले जनयुद्धको लामो कालखण्डमा हराएको ज्यान र भोगाइप्रति पार्टीको जवाफदेहिता र पारदर्शिताको अभावलाई ठूलो असन्तोषको कारण बनाएका छन्।

यस्तो अवस्था सरकार र पार्टीलाई नियन्त्रण गर्ने, राज्य सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्ने आवश्यकतालाई जोड दिन्छ। संघीयताले पनि जनतामा प्रत्यक्ष फाइदा पुर्‍याउनुपर्नेमा अहिलेको व्यवस्थामा सेवा प्रवाह, कर्मचारी नियुक्ति र स्थानीय प्रशासनले कार्यकर्ता बाहिरका व्यक्तिहरूलाई मात्रै लाभ पुगेको आरोप छ।

लेखकको विचारमा, माओवादीसँग गठबन्धन गर्नु भनेको साना दलले आफ्नो अस्तित्व नै जोखिममा पार्नु हो । किनभने माओवादीको छाप र प्रक्रियाले समयले प्रमाणित गरेको छ कि उनीहरू सत्ता र पद केन्द्रित नीतिमा झुकाव राख्छन्। जनताले विगतका अनुभवबाट सिकेर जागरुक भई आफ्नो मत प्रयोग गर्नुपर्ने समय आएको लेखकले औंल्याउँछन्।

चुनाव खर्च, राज्यष्ट्रको लागत र स्थानीय तहसम्मको प्रशासनिक पदहरूको दुरुपयोगजस्ता विषयले पनि प्रश्न खडा गरेका छन् । कतिपय अवस्थामा संघीय संरचनाले जनताको वास्तविक आवश्यकतामाथि काम गर्नभन्दा पद र स्रोतको बाँडफाँडमा केन्द्रित भएको अनुभूति गराएको छ।

समग्रमा विगतका निर्णय र गठबन्धनका परिणामलाई सम्झनुहोस् । नेताहरूको सार्वजनिक जीवन र पारिवारिक नियुक्तिहरूमा पारदर्शिता खोज्नुहोस् । भ्रष्टाचार, दुव्र्यवहार र सत्ता मोहप्रति कसले जवाफदेहिता देखाउँछ भनेर नजिकबाट हेर्नुहोस् र चुनावमा आफ्ना मतले साँचो परिवर्तन ल्याउन सक्ने जोसुकै उम्मेदवार/दललाई प्राथमिकता दिनुहोस्।

अन्ततः देश र जनताको दीर्घकालीन हितका लागि मतदान गर्दा सतर्कता, तथ्याकं र जिम्मेवारीको मापदण्ड अपनाउनु आजको आवश्यकता हो। चुनावी दाउ–पेचबाट बाँच्न र राज्यलाई वास्तविक सेवामा लगाउन सक्ने शक्ति नै जनतासँग छ । त्यसैले ॠणी भएर होइन, सोचेर मत दिनुहोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending