Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा साँझ झलमल्ल छ। मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ।

कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृति बनाई बत्ती बालेर भेटी चढाउनुका साथै पाटीमा दाफा भजन गाएर भव्य रूपमा मनाएका छन्।

आजको दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर अगाडि गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानकोस्वरूप बनाउने, त्यस्ता स्वरूपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङरपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ।

नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वको रूपमा मनाएका छन् भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिदेखि समापन गरिनेछ।

आज रातभर मन्दिर अगाडि भजनकीतर्न हुने गर्दछ। आजको दिन पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवान्का आकृति बनाइ त्यसलाई प्रसादको रूपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रूपमा चढाएर त्यसलाई प्रसादको रूपमा ग्रहरण गर्ने प्रचलन रहेको अर्का संस्कतिविद् कमलनाथ जोशीले बताए। 

उनले भने, ‘साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूधको अध्र्य दिई विधिवत् रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलनसमेत रहेको छ। ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रूपमा समेत सकिमना पुन्हीलाई लिने गरिएको छ।’

आज विषेशगरी नारायणको पूजा आराधना गरिने हुनाले नेपाल संवतको बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ।

नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रूपमा चढाउने र गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरूप नसाः खुवाउने प्रचलन रहँदै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending