रौतहट। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउनु प्रमुख प्राथमिकता भएको बताएको छन् ।
उनले बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा जेनजी आन्दोलनको भावना तथा विद्यमान नेपालको कानुन अनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनसफल पार्न राजनीतिक दल, नागरिक समाजका साथै युवापुस्तासँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए।
प्रमुख जिल्ला अधिकारी भुसालले मानव अधिकारको रक्षाका लागि महिला हिंसा, लागुपदार्थ तथा जातीय विभेदविरुद्ध अभियानका रूपमा जिल्ला प्रशासन कार्यालयले गतिविधिहरू सञ्चालन गर्ने स्पष्ट पारे । उनले विकासनिर्माणका काममा सहजीकरण गर्नेदेखि लिएर स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले निजी क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन उद्यमी र सुरक्षा निकायबिच अन्र्तक्रिया गरिने बताए । उनले भने, “अबका दिनमा समाचार लेखेका भरमा कुनै पत्रकार पीडित हुने अवस्था आउने छैन ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्कीले खुला सिमानाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीका रूपमा रहेको बताए। उनले आपराधिक व्रियाकलाप नियन्त्रण तथा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पार्न नेपाल प्रहरीले सव्रिmयता बढाउने स्पष्ट पारे ।
सशस्त्र प्रहरी बल रौतहटका गणपति रामहरि अधिकारीले सीमित स्रोतसाधनमा सीमा सुरक्षा, भन्सारमा राजस्व वृद्धिका लागि चोरी निकासी रोक्ने कामका साथै विपत्को समयमा जनता उद्धार, सहयोग गर्न सशस्त्र प्रहरी सक्रिय रहेको जानकारी दिए। कार्यक्रमा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले इच्छाशक्ति भए राम्रा काम गर्न कुनै समस्या नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १७:०३
काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...
माघ १७ गते, २०८२ - १६:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...
माघ १७ गते, २०८२ - १६:३७
टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...
माघ १७ गते, २०८२ - १६:२९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...
माघ १७ गते, २०८२ - १६:०६
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...
माघ १७ गते, २०८२ - १५:५२
काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...
माघ १७ गते, २०८२ - १५:४६
काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...



प्रतिकृया लेख्नुहोस्: