रौतहट। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउनु प्रमुख प्राथमिकता भएको बताएको छन् ।
उनले बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा जेनजी आन्दोलनको भावना तथा विद्यमान नेपालको कानुन अनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनसफल पार्न राजनीतिक दल, नागरिक समाजका साथै युवापुस्तासँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए।
प्रमुख जिल्ला अधिकारी भुसालले मानव अधिकारको रक्षाका लागि महिला हिंसा, लागुपदार्थ तथा जातीय विभेदविरुद्ध अभियानका रूपमा जिल्ला प्रशासन कार्यालयले गतिविधिहरू सञ्चालन गर्ने स्पष्ट पारे । उनले विकासनिर्माणका काममा सहजीकरण गर्नेदेखि लिएर स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले निजी क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन उद्यमी र सुरक्षा निकायबिच अन्र्तक्रिया गरिने बताए । उनले भने, “अबका दिनमा समाचार लेखेका भरमा कुनै पत्रकार पीडित हुने अवस्था आउने छैन ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्कीले खुला सिमानाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीका रूपमा रहेको बताए। उनले आपराधिक व्रियाकलाप नियन्त्रण तथा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पार्न नेपाल प्रहरीले सव्रिmयता बढाउने स्पष्ट पारे ।
सशस्त्र प्रहरी बल रौतहटका गणपति रामहरि अधिकारीले सीमित स्रोतसाधनमा सीमा सुरक्षा, भन्सारमा राजस्व वृद्धिका लागि चोरी निकासी रोक्ने कामका साथै विपत्को समयमा जनता उद्धार, सहयोग गर्न सशस्त्र प्रहरी सक्रिय रहेको जानकारी दिए। कार्यक्रमा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले इच्छाशक्ति भए राम्रा काम गर्न कुनै समस्या नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १३:५५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...
आषाढ़ ६ गते, २०८३ - १३:२८
काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...
आषाढ़ ६ गते, २०८३ - १३:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...
आषाढ़ ६ गते, २०८३ - १२:५३
काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...
आषाढ़ ६ गते, २०८३ - १२:३५
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...
आषाढ़ ६ गते, २०८३ - १२:११
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...
आषाढ़ ६ गते, २०८३ - ११:४०
उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...
आषाढ़ ६ गते, २०८३ - ११:२४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...
आषाढ़ ६ गते, २०८३ - ११:०२
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...



प्रतिकृया लेख्नुहोस्: