Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बेदुराम भुसालले दिए प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभाले गर्न सक्ने ८ सुझाव

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभा विघटनको अवस्थामा पनि राष्ट्रिय सभा निष्क्रिय नहुने र केही कार्यहरू गर्न सकिने विषयमा राष्ट्रिय सभामा छलफल भएको छ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सदस्य बेदुराम भुसालले प्रतिनिधिसभा नभएको अवस्थामासमेत राष्ट्रिय सभाले गर्न सक्ने आठवटा कामका सुझाव प्रस्तुत गरेका हुन्।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे लगायत समितिका सदस्यहरू र कर्मचारी उपस्थित थिए।

भुसालका अनुसार, कानुन निर्माणका लागि दुवै सभाको उपस्थिती आवश्यक भए पनि प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाले अन्य महत्वपूर्ण कार्यहरू गर्न सक्छ।

राष्ट्रिय सभाले गर्न सक्ने ८ काम बेदुराम भुसालका सुझाव

- कानुन कार्यान्वयनको मापन गर्न सकिने — जसले सरकारको कामकाज मूल्याङ्कनमा सहयोग पुर्‍याउँछ।

- विभिन्न विषयमा स्थलगत अनुगमन गर्न सकिने, तर त्यस क्रममा सावधानी अपनाउनुपर्ने।

- राष्ट्रिय महत्त्वका विषयहरू पहिचान गरी छलफल गर्न सकिने।

- अधिवेशन आह्वान भएपछि मन्त्रीहरू तयार भएको अवस्थामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सकिने।

- सरकार बनेपछि विधेयकहरूमा प्रारम्भिक छलफल गरी तयारी पारित गर्न सकिने, जसलाई नयाँ प्रतिनिधिसभामा पठाउन सकिन्छ।

- संकल्प प्रस्ताव वा सार्वजनिक महत्त्वका प्रस्तावहरू पेस गरी छलफल गर्न सकिने।

- विभिन्न अध्ययन प्रतिवेदनमाथि छलफल गर्न सकिने।

- संसदीय समितिहरूका वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्न सकिने।

भुसालले प्रतिनिधिसभा नभएको अवस्थामासमेत राष्ट्रिय सभा “निष्क्रिय नभई प्रभावकारी” बन्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “राष्ट्रिय सभा स्थायी संस्थान भएकाले प्रतिनिधिसभा नभए पनि त्यसको गतिविधि अर्थपूर्ण रूपमा अघि बढ्न सक्छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी

पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...

दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending