काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभियानका नेता भीम रावलले सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।
सहमतिसँगै रावल आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपामा समाहित हुनेछन्। कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता रावलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
रावलको पार्टी वरीयता:
एकता सहमतिअनुसार, भीम रावललाई नेकपामा छैटौँ वरीयता दिइने भएको छ। उनको अघि क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन्।
सहमतिका ७ बुँदा:
राष्ट्रिय हित र सार्वभौमिकता: नेपालको सर्वोपरी हित, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान र आत्मनिर्णयको अधिकार सुरक्षित राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति अगाडि बढाउने।
समाजवाद र सामाजिक न्याय: आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि समाजवाद र सामाजिक न्यायको मान्यतामा आधारित कार्यमा प्रतिबद्ध रहने।
एकता महाधिवेशन: आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने; सबै तहमा अभियानका क्रियाशील सदस्यलाई नेकपामा समायोजन गर्ने।
रावलको जिम्मेवारी: पार्टीमा मातृभूमि जागरण अभियानका संयोजक रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।
दस्तावेज तयारी: पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम सम्बन्धी दस्तावेजहरू आपसी समन्वयमा तयार गर्ने।
पार्टी सञ्चालन: पार्टी सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने; सामूहिक नेतृत्व र जनवादी केन्द्रीयता अपनाइने।
एकीकरण कार्यदल: आवश्यकताअनुसार विभिन्न तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गर्ने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: