Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्ग्य गरेका छन् । उनले एमालेको नेतृत्वमाथि अहङ्कार र दम्भको आरोप लगाउँदै भत्किएको र डढेको घरमा फर्किनु अर्थहीन भएको टिप्पणी गरेका हुन् ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता–समायोजन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले एमालेमा फर्किएका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई परोक्ष रूपमा उद्दृत गर्दै भने, “अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो । वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु ? त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा फर्किने पनि उस्तै–उस्तै मान्छेहरू नै हुन् जस्तो लाग्छ,” उनले व्यङ्ग्यात्मक शैलीमा भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घर फर्क अभियान का क्रममा नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ भनेर उल्लेख गरेको प्रसङ्गलाई समेत कडाइका साथ खण्डन गरे ।

“ओलीजीले यहाँ रहेका नेताहरूलाई वृद्धाश्रम भन्नुभयो । आफ्ना अभिभावकलाई वृद्धाश्रम भनेर गाली गर्नु भनेको राजनीतिक संस्कारको अपमान हो । आफ्नै पार्टीका पुराना साथी, अग्रज र अभिभावकप्रति यस्तो व्यवहार गर्नु अत्यन्तै निन्दनीय छ,” प्रचण्डले टिप्पणी गरे ।

उनले थपे, “जेनजीका युवाहरूले जब भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गरे, त्यही सरकारका तर्फबाट निर्मम दमन र हत्या भए । ती युवाहरूको आवाज दबाउनेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, तर वास्तविकता के हो भने ती जेनजी युवाहरू नै अब हाम्रो आन्दोलनमा प्रवेश गरिरहेका छन् ।”

कार्यक्रममा प्रचण्डले नयाँ पुस्ता र पुरानो पुस्ताबीचको एकता आवश्यक रहेको बताउँदै भने, “हामीले जुन पुस्ताबाट विद्रोह सिक्यौं, त्यहीबाट अब नयाँ पुस्ता पनि प्रेरित हुँदैछ । सुशासन, समृद्धि र जनताको अधिकारका लागि लड्ने भावना जेनजी युवाहरूमा जागृत भएको छ । यही हाम्रो भविष्य हो।”

उनको सम्बोधनभर नेतृत्वप्रति व्यङ्ग्य, आत्मविश्वास र नयाँ पुस्ताप्रतिको आशावाद झल्किएको देखिन्थ्यो । ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जनआकांक्षाबाट प्रेरित ऐतिहासिक कदम भएको बताए । हालको राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुको अर्थ गहिरो र दीर्घकालीन भएको बताए ।

‘यो कुनै ट्याक्टिकल एकता होइन,’ उनले स्पष्ट गर्दै भने, ‘राष्ट्रलाई संकटबाट बचाउन, जनताका सपना र समाजवादको यात्रालाई पुनः सही दिशामा डोर्याउन हामी एक भएका हौँ । जेनजी विद्रोहले नेपाली समाज र राजनीतिक नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो । त्यो जनविद्रोहले भ्रष्टाचार, असमानता र अल्छी नेतृत्वविरुद्ध एउटा नयाँ चेतना जगाएको छ । म ती युवाहरूप्रति कृतज्ञ छु ।’

प्रचण्डले वामपन्थी एकतालाई दीर्घकालीन रणनीति र समाज रूपान्तरणको स्थायी अभियानको रूपमा लिन आग्रह गरे । उनका अनुसार, यो एकता केवल केही नेताहरूबीचको सत्ता साझेदारी होइन, बरु देश र जनताको साझा भविष्य निर्माण गर्ने ऐतिहासिक मोड हो ।

‘हामीले विगतका गल्तीबाट सिकेका छौँ,’ उनले भने, ‘अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता केपी ओलीको अहंकार र सत्ता-दुरुपयोगका कारण टुटेको थियो । तर यो पटकको एकता नेतृत्वको अहंकार होइन, विचार, जनभावना र समाज रूपान्तरणको प्रतिबद्धतामा आधारित छ ।’

उनले वामपन्थी शक्तिहरूबीच हाल १२ घटक एकताबद्ध भइसकेको बताउँदै निकट भविष्यमै थप घटकहरू पनि पार्टीमा समाहित हुने जानकारी दिए । ‘आजै पेरिसडाँडामा नेताहरूसँग छलफल भयो,’ उनले भने, ‘यदि यही गति र समझदारीले एकता विस्तार भयो भने देशमा वामपन्थी बाहेकका पार्टीहरू अस्तित्वहीन बन्नेछन् ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: