तुलसीपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताएको छन् ।
उनले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर बताउँदै निष्पक्ष, निर्भय र स्वच्छ वातावरणमा निर्वाचन हुनुपर्ने बताए।
प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै ज्ञवालीले भने, ‘‘निर्वाचन लोकतन्त्रको आत्मा हो, त्यसैले यो कुनै नाटक मञ्चन होइन । जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ ।”
उहाँले हालको सरकार संविधानले अस्वीकार गर्ने किसिमले बनेको दाबी गर्दै उहाँले “संविधानले प्रम बन्न नपाउने पात्र आज प्रधानमन्त्री बनेका छन्, यसले लोकतन्त्रलाई घाइते बनाएको छ ।”
ज्ञवालीका अनुसार, भदौ २३ र २४ का घटनालाई बहाना बनाएर सरकारले विपक्षी शक्तिलाई दमन गर्न खोजेको छ । उनले प्रहरी चौकीबाट लुटिएका आधुनिक हतियार र बाहिर रहेका अपराधीहरूका कारण समाज भयग्रस्त बनेको बताए।
उनले भने“दल र उम्मेदवार निर्भय भएर बुथसम्म जान पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्रै हुन्छ ।” उनले एमालेलाई लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी बताउँदै फागुन २१ गते तोकिएको निर्वाचनमा पार्टी पूर्ण तयारीसहित जाने बताए ।
कार्यक्रम प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता र तुलसीपुर नगर अध्यक्ष वसन्त परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: