कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्रिकोणीय शृङ्खला पूरा गर्ने निर्णय गरेको जनाएको छ ।
आगामी सबै खेल रावलपिन्डीमा स्थानान्तरण गरिने पनि बोर्डले स्पष्ट गरेको छ । यो निर्णय इस्लामाबादमा मङ्गलबार भएको आत्मघाती बम विस्फोटपछि आएको हो । उक्त विस्फोटमा १२ जनाको ज्यान गएको र २७ जना घाइते भएका थिए । उक्त घटनापछि कम्तीमा आठ श्रीलङ्काली खेलाडीले सुरक्षा चिन्ताका कारण पाकिस्तान छाड्न आग्रह गरेका थिए ।
तर श्रीलङ्का क्रिकेट (एसएलसी)का अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पिसिबी०सँग ‘नजिकको परामर्श र सुरक्षा मूल्याङ्कन’पछि टोलीले भ्रमण जारी राख्ने निर्णय गरेको हो । बोर्डले खेलाडीलाई ढुक्क पार्न पाकिस्तानले पर्याप्त सुरक्षा आश्वासन दिएको जनाएको छ । “हामीले आकस्मिक परिस्थितिका लागि वैकल्पिक खेलाडी तयारी अवस्थामा राखेका थियौँ, तर अहिले टोली पूर्णरूपमा पाकिस्तानमै रहन सहमत भएको छ”, एसएलसीका एक वरिष्ठ अधिकारीले भने, “त्यसैले अब कुनै पनि खेलाडीलाई स्वदेश फर्काइने छैन ।”
शृङ्खलाका सबै खेल अब रावलपिन्डीमा खेलिने छन् । रावलपिन्डीको नजिकै इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरुमा निर्धारित छवटा राउन्ड–रोबिन खेलमध्ये चार वटा र फाइनल लाहोरमा हुने तय गरिएको थियो, तर अब ती सबै खेल रावलपिन्डीमा सारिएका छन् । एकदिवसीय शृङ्खलाका खेल पहिले नै रावलपिन्डीमा भइरहेका छन् । दोस्रो खेल शुक्रबारका लागि तय गरिएको छ भने प्रारम्भिकरूपमा शनिबार हुने तय गरिएको तेस्रो खेल आइतबारका लागि सारिएको छ ।
जिम्बाब्वे पनि सहभागी हुने टि-२० त्रिकोणीय शृङ्खला सोमबार सुरु हुने तय थियो । तर अब यो एक दिन ढिलो, नोभेम्बर २९ मा फाइनलसहित सुरु गरिने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले सामाजिक सञ्जालमार्फत श्रीलङ्का टोलीको निर्णयप्रति आभार व्यक्त गर्दै लेख्नुभयो, “पाकिस्तान भ्रमण जारी राख्ने श्रीलङ्का टोलीको निर्णय प्रशंसनीय छ । खेलकुद र एकताको भावना अझ उज्यालो रूपमा चम्किएको छ ।”
यसअघि, सन् २००९ मा लाहोरस्थित गद्दाफी स्टेडियममा टेस्ट म्याच खेल्न जाँदै गर्दा श्रीलङ्काली टोलीमाथि बन्दुकधारीले हमला गर्दा छ जना खेलाडी घाइते भएका थिए । सो घटनाले पाकिस्तानलाई करिब एक दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाबाट वञ्चित बनाएको थियो । मङ्गलबार रावलपिन्डीमा सम्पन्न पहिलो एकदिवसीय खेलमा पाकिस्तानले श्रीलङ्कालाई छ रनले पराजित गरेको थियो ।
सो खेल इस्लामाबादमा भएको आत्मघाती विस्फोटको केही घण्टापछि नै भएको भए पनि निर्धारित समयमै सञ्चालन गरिएको थियो । आक्रमणपश्चात श्रीलङ्काली टोली वरिपरि सुरक्षा व्यवस्था झन् कडा बनाइएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । अध्यक्ष नकवीले बुधबार इस्लामाबादस्थित होटलमा श्रीलङ्का खेलाडीसँग भेट गरी थप सुरक्षा आश्वासन दिएको श्रीलङ्काली अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार टोलीको सुरक्षाका लागि तैनाथ गार्डको सङ्ख्या दोब्बर गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: