कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्रिकोणीय शृङ्खला पूरा गर्ने निर्णय गरेको जनाएको छ ।
आगामी सबै खेल रावलपिन्डीमा स्थानान्तरण गरिने पनि बोर्डले स्पष्ट गरेको छ । यो निर्णय इस्लामाबादमा मङ्गलबार भएको आत्मघाती बम विस्फोटपछि आएको हो । उक्त विस्फोटमा १२ जनाको ज्यान गएको र २७ जना घाइते भएका थिए । उक्त घटनापछि कम्तीमा आठ श्रीलङ्काली खेलाडीले सुरक्षा चिन्ताका कारण पाकिस्तान छाड्न आग्रह गरेका थिए ।
तर श्रीलङ्का क्रिकेट (एसएलसी)का अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पिसिबी०सँग ‘नजिकको परामर्श र सुरक्षा मूल्याङ्कन’पछि टोलीले भ्रमण जारी राख्ने निर्णय गरेको हो । बोर्डले खेलाडीलाई ढुक्क पार्न पाकिस्तानले पर्याप्त सुरक्षा आश्वासन दिएको जनाएको छ । “हामीले आकस्मिक परिस्थितिका लागि वैकल्पिक खेलाडी तयारी अवस्थामा राखेका थियौँ, तर अहिले टोली पूर्णरूपमा पाकिस्तानमै रहन सहमत भएको छ”, एसएलसीका एक वरिष्ठ अधिकारीले भने, “त्यसैले अब कुनै पनि खेलाडीलाई स्वदेश फर्काइने छैन ।”
शृङ्खलाका सबै खेल अब रावलपिन्डीमा खेलिने छन् । रावलपिन्डीको नजिकै इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरुमा निर्धारित छवटा राउन्ड–रोबिन खेलमध्ये चार वटा र फाइनल लाहोरमा हुने तय गरिएको थियो, तर अब ती सबै खेल रावलपिन्डीमा सारिएका छन् । एकदिवसीय शृङ्खलाका खेल पहिले नै रावलपिन्डीमा भइरहेका छन् । दोस्रो खेल शुक्रबारका लागि तय गरिएको छ भने प्रारम्भिकरूपमा शनिबार हुने तय गरिएको तेस्रो खेल आइतबारका लागि सारिएको छ ।
जिम्बाब्वे पनि सहभागी हुने टि-२० त्रिकोणीय शृङ्खला सोमबार सुरु हुने तय थियो । तर अब यो एक दिन ढिलो, नोभेम्बर २९ मा फाइनलसहित सुरु गरिने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले सामाजिक सञ्जालमार्फत श्रीलङ्का टोलीको निर्णयप्रति आभार व्यक्त गर्दै लेख्नुभयो, “पाकिस्तान भ्रमण जारी राख्ने श्रीलङ्का टोलीको निर्णय प्रशंसनीय छ । खेलकुद र एकताको भावना अझ उज्यालो रूपमा चम्किएको छ ।”
यसअघि, सन् २००९ मा लाहोरस्थित गद्दाफी स्टेडियममा टेस्ट म्याच खेल्न जाँदै गर्दा श्रीलङ्काली टोलीमाथि बन्दुकधारीले हमला गर्दा छ जना खेलाडी घाइते भएका थिए । सो घटनाले पाकिस्तानलाई करिब एक दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाबाट वञ्चित बनाएको थियो । मङ्गलबार रावलपिन्डीमा सम्पन्न पहिलो एकदिवसीय खेलमा पाकिस्तानले श्रीलङ्कालाई छ रनले पराजित गरेको थियो ।
सो खेल इस्लामाबादमा भएको आत्मघाती विस्फोटको केही घण्टापछि नै भएको भए पनि निर्धारित समयमै सञ्चालन गरिएको थियो । आक्रमणपश्चात श्रीलङ्काली टोली वरिपरि सुरक्षा व्यवस्था झन् कडा बनाइएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । अध्यक्ष नकवीले बुधबार इस्लामाबादस्थित होटलमा श्रीलङ्का खेलाडीसँग भेट गरी थप सुरक्षा आश्वासन दिएको श्रीलङ्काली अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार टोलीको सुरक्षाका लागि तैनाथ गार्डको सङ्ख्या दोब्बर गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: