Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

दोलखामा धमाधम बजेट कटौती: पूर्वाधारसहित चार कार्यालयको ३५ करोड भन्दा बढी बजेट काटियो

खबरडबली संवाददाता

चरीकोट। बागमती प्रदेश सरकारले दोलखाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा ठुलो रकम कटौती गरेको छ । प्रदेश सरकारले जिल्लाका चार महत्त्वपूर्ण सरकारी कार्यालयमा ३५ करोडभन्दा बढी बजेट कटौती गरेको हो ।

बजेट कटौतीले जिल्लाको समग्र विकास प्रक्रिया र स्थानिय जनजीवनमा असर पर्ने देखिएको छ । सरकारले एकैपटक धेरै बजेट कटौती गरेपछि पूर्वाधार, खानेपानी, जलस्रोत व्यवस्थापन तथा सिँचाइ विस्तार जस्ता स्थानीयको जीवनसँग प्रत्यक्ष प्रभाव पर्ने कामहरू प्रभावित हुने देखिएको हो । 

प्रदेश सरकारले सबैभन्दा ठुलो कटौती पूर्वाधार विकास कार्यालय दोलखाको बजेटमा गरेको छ । सुरुमा १ अर्ब ४८ करोड ७४ लाख विनियोजन भए पनि २८ करोड ८३ लाख रुपियाँ एकैपटक कटौती भएपछि कार्यालयले अब १ अर्ब १९ करोड ९० लाख रुपियाँका योजनामात्र कार्यान्वयन गर्न पाउने भएको पुर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरि ओझाले बताए। उनका अनुसार १० लाखसम्मका योजनामा १० प्रतिशत, ५० लाखसम्मका योजनामा २० प्रतिशत र ५० लाखभन्दा माथिका परियोजनामा ३० प्रतिशत कटौती गरिएको छ।

यी योजनाहरू जिल्लाका सडक मर्मत, पक्की सडक विस्तार, पुल निर्माण, कालोपत्रे, नाली निर्माण तथा साना पूर्वाधार सुधारका आधारभूत आवश्यकता हुन् । वर्षायाममा बारम्बार क्षति हुने पहाडी सडकमा नियमित मर्मत नहुँदा यातायात, स्वास्थ्य सेवा, शिक्षा पहुँच र बजार आवतजावत सबैमा समस्या बढ्ने कालिन्चोक गाउँपालिका ४ का वडाध्यक्ष दीपक खुलालले बताए। 

गत वर्ष विकास बजेट खर्च र उत्कृष्ट कार्यसम्पादन गरेको कार्यालयलाई यस वर्ष दोब्बरभन्दा बढी बजेट पाएको थियो । 

यस्तै प्रदेश सरकारको अर्को विकासे कार्यालय भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखाको बजेटमा १ करोड ८२ लाख रुपियाँ कटौती गरिएको छ । जसले दोलखामा बर्सेनि दोहोरिने भूस्खलन, माटो कटान, पहिरो र नदी कटान निन्त्रणमा बाधा पुग्ने भएको छ।

ज्लाधार कार्यालयका माटो संरक्षण, जलाधार व्यवस्थापन, भूस्खलन न्यूनीकरण तथा हरित पूर्वाधार निर्माणजस्ता कार्यक्रमहरू जोखिम न्युनीकरणका महत्त्वपूर्ण आधार हुन्। यस्तो महत्त्वपूर्ण क्षेत्रमा बजेट कटौती हुनु स्थानीयवासीका लागि चिन्तापूर्ण विषय बनेको तामाकोसी गाउँपालिका ४ का वडाध्यक्ष नारायण खड्काले बताए। यस्ता योजनाको बजेटमा कटौती र ढिलाइ हुँदा जनधन क्षति बढ्ने सम्भावना रहेको अध्यक्ष खड्काले बताए।

खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय दोलखाको बजेटमा पनि २ करोड १० लाख रुपियाँ कटौती गरिएको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय दोलखाका प्रमुख विजयकुमार यादवले बताए। कतिपय नयाँ खानेपानी आयोजनाको सबै बजेट कटौती भएको उनले बताए। बजेट कटौतीका कारण कतिपय निर्माणाधीन योजना अलपत्र पर्ने देखिएको प्रमुख यादवले बताए। 

जिल्लाका विभिन्न गाउँ–टोलमा अहिले पनि खानेपानी आपूर्ति नियमित छैन र कतिपय आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटबाट ३ करोड ३० लाख ४९ हजार रुपियाँ कटौती गरेको छ । 

बजेट कटौतीले सिँचाइ विस्तार तथा पानी स्रोत संरक्षणका काममा पनि चुनौती थपिएको छ । आर्थिक वर्षको सुरुमा ३५ करोड ५९ लाख विनियोजन भएपनि कटौतीपछि अन्तिम बजेट ३२ करोड २८ लाखमा झरेको कार्यालयले जनाएको छ ।

सुख्खा मौसुममा सिँचाइ अभावकै कारण कृषि उत्पादन कमजोर हुने दोलखामा यस वर्ष किसानले आशा गरेको सिँचाइ विस्तार योजना अनिश्चित बनेको जनप्रतिनिधिहरूले बताएका छन् । यसले उत्पादन र आम्दानी दुबैमा गिरावट ल्याउने खतरा देखिएको उनीहरुको भनाइ छ ।

प्रदेश सरकारले एकैपटक चारै कार्यालयको बजेट घटाएपछि स्थानीय तहका जनप्रतिनिधिहरू असन्तुष्ट बनेका छन्। जिल्लामा विकास निर्माण पहिले नै सुस्त हुने, त्यसमाथि कटौती हुँदा निर्माणाधीन काम रोक्किनु, ठेकेदारहरू रोकिनु र सार्वजनिक सेवा ढिलाइ हुने जस्ता समस्या जनप्रतिनिधि प्रचण्डदीप कार्कीले बताए।

दोलखाजस्ता जिल्लाहरूलाई प्राथमिकतामा नराखिएको र विकास यात्रामै अवरोध हुने निर्णय भएको उनको आरोप छ । 

धमाधम बजेट कटौती भएपछि जिल्लका स्थानीय तहका जनप्रतिनिधि ,नागरिक समाज लगायत स्थानीयहरूबाट सामाजिक सञ्जालमा प्रदेश सरकारको चर्को आलोचना भएको छ। दोलखा पहाडी जिल्ला भएको, भौगोलिक रूपमा कठिन र सडक, सिचाई तथा खानेपानी जस्ता सेवाहरूमा ठुलो परिणाममा बजेट कटौतीले दिर्घकालिन नतिजा निम्त्याउने विशेषज्ञहरूको बुझाइ रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्त...

महेन्द्र राजमार्गको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गलमा शङ्कास्पद वस्तु फेला

तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...

पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...

बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा

मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...

कपिलवस्तुको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला

कपिलबस्तु। कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक...

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु ...

एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी क...

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाई लाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ...

अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन: उपसभापति शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरेको छन्। सोमबार दमौलीमा नोपली कांग्रेस तनह...

दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आम जनता पार्टीको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE