Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

खबरडबली संवाददाता

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग दाबी गरेको छ।

अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ। २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिलाएको र त्यसलाई २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको दाबी गरिएको छ।

उक्त निर्णयका आधारमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending