Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा

खबरडबली संवाददाता

मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङकी सूचना अधिकारी लक्ष्मी अधिकारीले स्थानीय तहबाट खटिएका मतदाता शिक्षा अनुगमनकर्तामार्फत पालिकास्तरमा तालिम दिएपछि मतदाता शिक्षाका लागि खटिएको बताए।

जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविक, सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना  मतदाता स्वंयमसेवक रहेका छन् । मतपत्रमा स्वस्तिक छाप लगाउने, मत बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने लगायत मतदान केन्द्रभित्र मतदाताका हरेक गतिविधिलाई प्रयोगात्मक अभ्यास सहित मतदानको महत्त्वकाबारेमा समेत जानकारी दिने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा स्वयंमसेवकले घरदैलो र समुदायस्तरमा पुगेर मतदातालाई मतदान कार्यक्रममा मतदानको दिनमा हुने सबैखाले गतिविधिका बारेमा जानकारी गराइने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।

विगतमा मतदाता शिक्षा अभियान प्रभावकारी नभएको र सिकाउनेहरु निष्पक्ष नहुँदा समस्या भएको गुनासो समेत आउने गरेकोमा निर्वाचनमा अनुगनलाई विशेष प्राथमिकता दिइएको निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ । निर्वाचन अधिकारी ज्ञवालीले भने, ‘‘मतदात शिक्षाले निर्वाचनमा सहभागिता बढाउनुका साथै बदर मतको सङ्ख्या घटाउँछ ।’’

मतदाता शिक्षामा नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको मतदाताले गर्नुपर्ने सबै सिकाउने गरिन्छ । वि।सं २०७९ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनमा १० हजार चार सय ८७ मतदाता रहेकोमा सात हजार दुई सय ५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो । मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।

मुस्ताङमा बदर मत घटाउन मतदाता स्वयंमसेवकले घरदैलोमा पुगेर मतदातालाई सिकाउँदै । चिसोका कारण सुनसान बस्तीहरूमा विस्तारै चहलपहल बढ्न थालेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीको कार्यकर्ता भन्दै चन्दा सङ्कलन गर्ने पक्राउ

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला ...

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्त...

महेन्द्र राजमार्गको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गलमा शङ्कास्पद वस्तु फेला

तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...

पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...

बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा

मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...

कपिलवस्तुको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला

कपिलबस्तु। कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक...

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु ...

एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी क...

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाई लाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ...

अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन: उपसभापति शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरेको छन्। सोमबार दमौलीमा नोपली कांग्रेस तनह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE