काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लिखित जवाफ पेस गर्न महान्यायाधिवक्ता कार्यालयलाई आधिकारिक रूपमा सूचना दिन आदेश दिएको हो।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले प्रदेश प्रमुख राष्ट्रपतिको प्रतिनिधि हुने भएकाले उनको कानुनी प्रतिरक्षाका लागि महान्यायाधीवक्ता कार्यालयको उपस्थिति आवश्यक ठहर गर्दै प्रतिनिधि पठाउन निर्देश दिएको छ।
अरू विपक्षी पक्षहरूका लागि भने मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयलाई जानकारी गराउन आदेश गरिएको छ।
सर्वसाधारण रूपमा प्रदेश सरकारका कामकारबाहीमा मुख्यन्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने गर्दछ। तर प्रदेश प्रमुखको हकमा कानुनी प्रतिनिधित्व महान्यायाधिवक्ता कार्यालयमार्फत हुने संवैधानिक व्यवस्था भएकाले अदालतले त्यसअनुसार प्रक्रिया मिलाउन लगाएको हो।
मधेश प्रदेशकी निवर्तमान प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको हो। प्रदेश सभामा एमाले बाहेकका सबै दलका सांसदहरूले उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई मधेश प्रदेशमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: