Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सरकारद्वारा पक्राउ पर्ने डरले केपी शर्मा ओली सशंकित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई राजनीतिक रूपमै निशाना बनाउँदै गिरफ्तारी गर्ने तयारी गरिरहेको गम्भीर आशंका व्यक्त गरेका छन् । 

आइतबार गुण्डूस्थित आफ्नै निवासमा प्रेस चौतारी नेपालका प्रतिनिधिसँग कुराकानी गर्दै ओलीले यो कदमलाई सरकारको ‘सुशासनको परिभाषा’का रूपमा प्रस्तुत गरिँदैछ भनेका छन् ।

ओलीका अनुसार सरकारले आफ्नो असफलता र जनतासँगको दूरी लुकाउन ‘जेन–जी’ भनिने युवाहरूलाई संगठित गरेर आफू र लेखकविरुद्ध दवाबपूर्ण वातावरण बनाउन खोजिएको छ । “जेन–जीहरूलाई भेला गरिदिने, मागपत्र लेखिदिने, उनीहरूबाटै दवाब आएको जस्तो दृश्य निर्माण गरिदिने र त्यसलाई आधार बनाएर गिरफ्तारी गर्ने नाटक गरिँदैछ,” ओलीले आरोप लगाएका छन् ।

उनले थपे, “सरकारमा बस्नेहरूले सुशासन भनेको अपराधीलाई कारबाही गर्ने होइन, केपी ओली र रमेश लेखकलाई जेल पुर्‍याउने भन्ने मात्रै बुझेका छन् ।” ओलीका अनुसार यो अभियानलाई ‘कारबाहीको जनदबाब’ भनेर प्रचार गर्न सरकारभित्रैबाट योजनाबद्ध प्रयास भइरहेको छ ।

अध्यक्ष ओलीले आफूहरूलाई पक्राउ गर्न जेन–जीको नाममा चलाइएका गतिविधिहरू वास्तविक होइन, ‘आर्टिफिसियल ड्रामा’ भएको दाबी गरेका छन् । “सरकारले एउटा नाटक गरिरहेको छ, त्यो पनि विना बजेटको नाटक । न त तिनलाई वास्तविक मुद्दा छ, न त तिनको आफ्नै आवाज छ । सबै स्क्रिप्टै अनुसार चलिरहेको छ,” उनले भने ।

उनका अनुसार सरकार प्रशासनिक दक्षता बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने वा जनताका दैनिक समस्या समाधान गर्ने काममा हैन, राजनीतिक प्रतिशोधमा केन्द्रित छ । “हामी अहिले विना पैसा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य छौँ,” ओलीको टिप्पणी थियो ।

ओलीले वर्तमान गठबन्धन सरकारलाई असंवैधानिक र प्रतिशोधी सरकारको संज्ञा दिदै यसले अभिव्यक्ति स्वतन्त्रता र प्रतिपक्षी भूमिकालाई दमन गर्ने खालको नीति अपनाएको उल्लेख गरे । उनले हाल देखिएका गतिविधिहरू ०७५ सालको सत्ता संघर्ष, सत्ता समीकरण र संवैधानिक संशोधन विवादसँग जोडिएको दाबी गरे ।

उनले आफू र लेखकविरुद्ध कुनै पनि ठोस कानुनी आधार नभएको तर राजनीतिक उद्देश्यले गिरफ्तारीको चर्चा फैलाइएको बताए । “हामीलाई गिरफ्तार गरेपछि सुशासन आयो भनेर टेलिभिजनमा खबर चलाइन्छ,” ओलीले व्यंग्य गरे ।

ओलीले आरोप लगाए पनि सरकार वा प्रधानमन्त्री सुशीला कार्की तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन । तर सत्ता पक्षका केही नेताहरूले अनौपचारिक रूपमा ओलीका अभिव्यक्तिलाई ‘राजनीतिक नाटक’ र ‘आगामी निर्वाचनको प्रचार शैली’ का रूपमा व्याख्या गरेका छन् ।

यसअघि पनि ओलीले विभिन्न अवसरमा वर्तमान सरकारमाथि राजनीतिक बदला लिने अभियान चलाएको आरोप लगाउँदै आएका छन् । पछिल्लो अभिव्यक्ति भने, आफूलाई प्रत्यक्ष रुपमा गिरफ्तारी गरिने संकेत मिलिरहेको दाबीका कारण थप चर्चा र विवादको विषय बन्दै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending