Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

खबरडबली संवाददाता

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।  

जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदानस्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए।

उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए।

प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनु पर्ने सुरक्षाकर्मीको सङ्ख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पारे।

उनले हालसम्म नरैैनापुर, राप्ती सोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताए।

मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशिलताका सम्बन्धमा बिस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल समेत गठन गरिएको प्रजिअ तामाङ्ले बताए।

कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनिति र योजना तयार गरिने पनि उनले जनाए।   

उता, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरुले फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको बताए।

उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताए।

मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी तामांग, प्रहरी प्रमुख जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र शसस्त्र प्रहरी बाँके बागेश्वरी गणका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खनालको सहभागिता रहेको छ ।  निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending