Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

कर्णालीमा प्रशासनिक पुनर्संरचना सुरु, कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचना गर्ने प्रक्रियाको पहिलो कदमस्वरूप आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार, उच्चस्तरीय प्रशासनिक पुनर्संरचना अनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई नै समायोजन गरिएको हो। मुख्यमन्त्री यामलाल कँडेलले पदभार सम्हालेपछि प्रदेश सरकारलाई चुस्त, प्रभावकारी र आर्थिक रुपमा सहजिकरण गर्ने उद्देश्यसहित संरचनागत सुधारको प्रक्रिया अघि बढाएका छन्।

यसका लागि उनले गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए। समितिमा कर्णालीका पूर्वमुख्य सचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए। समितिले असार १५ गते सरकारलाई प्रतिवेदन बुझाउँदै मन्त्रालय संख्या ८ बाट ६ मा झार्ने, थुप्रै निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई करिब २,५०० मा सीमित गर्नेजस्ता महत्वपूर्ण सिफारिसहरू गरेको थियो।

समितिको सिफारिस कार्यान्वयनका लागि मुख्यमन्त्रीले असारमै शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा ‘कार्यान्वयन तथा सहजीकरण समिति’ गठन गरेका थिए। तर सत्तारूढ दल नेपाली कांग्रेसभित्रकै असहयोगका कारण प्रस्तावित संरचनात्मक सुधार समयमै अघि बढ्न नसकेको चर्चा थियो।

यसैबीच सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदनको पहिलो चरण लागू गर्दै एक मन्त्रालय घटाउने र कर्मचारीसम्बन्धी केही निर्णय समेत अघि सारेको एक मन्त्रीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending