घोराही। लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा दस हजार पाँच सय ३७ जना मतदाता थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । जसमा पाँच हजार नौ सय ५६ पुरुष र चार हजार पाँच सय ८१ जना महिला मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बाँके जिल्लामा नौ हजार चार सय ७३ जना नयाँ मतदाता थपिएका छन् । सूचना अधिकारी कुँवरका अनुसार बाँकेबाट महिला र पुरुषको तथ्याङ्क अपडेट हुन सकेको छैन ।
त्यसैगरी, कपिलवस्तुमा पुरुष दुुई हजार आठ सय ७८ जना, महिला तीन हजार ५१ जना र एक जना अन्य गरेर पाँच हजार नौ सय ३० जना, दाङमा पुरुष दुई हजार आठ सय ४२ जना, महिला दुई हजार ८८ जना र दुई जना अन्य गरेर चार हजार नौ सय ३२ जना, नवलपरासी पश्चिममा पुरुष दुई हजार सात सय तीन जना, महिला दुई हजार दुई सय २४ जना र एक जना अन्य गरेर चार हजार नौ सय २८ जना नयाँ मतदाता थपिएका छन् ।
सूचना अधिकारी कुँवरका अनुसार बर्दियामा एक हजार एक सय ३६ जना पुरुष र नौ सय २६ जना महिला गरेर दुई हजार ५९ जना, गुल्मीमा पुरुष एक हजार चार सय ५६ जना र महिला एक हजार २५ जना गरेर जम्मा दुई हजार चार सय ८१ जना, अर्घाखाँचीमा पुरुष एक हजार ६२ जना र महिला छ सय १९ जना गरेर एक हजार छ सय ८१ जना, पाल्पामा पुरुष छ सय ७० जना र महिला नौ सय १५ जना गरेर एक हजार पाँच सय ८५ जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, रोल्पामा पुरुष तीन सय ७३ जना र महिला दुई सय ७३ जना गरेर जम्मा छ सय ४६ जना, रुकुम पूर्वमा पुरुष एक सय ६२ जना र महिला एक सय २८ जना गरेर जम्मा दुई सय ९० जना नयाँ मतदाता शनिबारसम्म थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभएको छ । मतदाता नामावली दर्ताको काम निरन्तर भइरहेकाले नयाँ मतदाताको तथ्याङ्क बढ्ने भन्दै सूचना अधिकारी कुँवरले भन्नुभयो, ‘‘प्रदेशभर निरन्तर मतदाता नामावली सङ्कलनको काम भइरहेको छ, त्यो तथ्याङ्क अपडेट भइनसकेकाले आजसम्मको तथ्याङ्कन भन्न सक्ने अवस्था छैन ।’’
उहाँका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । मतदाता नामावली सङ्कलन गर्ने कार्य मङ्सिर ५ गतेम्म सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...
श्रावण २ गते, २०८३ - १६:१९
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...
श्रावण २ गते, २०८३ - १५:४३
काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...
श्रावण २ गते, २०८३ - १५:३४
बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...



प्रतिकृया लेख्नुहोस्: