काठमाडौँ । रास्वपा–राजावादी नेटवर्कले रेणु दाहाललाई भ्रष्टाचारमा फसाउने योजनाबद्ध प्रचारबाजी गर्दै आएको आरोप छ। केही व्यक्तिले चरित्र हत्या गर्दै जनभ्रमित गर्न खोजिरहेको बताइएको छ।
रंगशाला प्रकरणमा भने वास्तविकता फरक देखिन्छ । भूकम्पपछिका बस्ती पुनर्निर्माणमा धुर्मुस–सुन्तलीले गरेको कामबाट प्रेरित भएर अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको थियो। प्रारम्भमा आवश्यक जग्गा नपाएपछि रेणु दाहालले भरतपुरमा आवश्यक जग्गा उपलब्ध गराएकी थिइन्। उनी मात्र जग्गा जुटाउनेमा सीमित नभई महानगर, प्रदेश र केन्द्रबाट बजेट जुटाउन र महायज्ञमार्फत जनताबाट करोडौँ उठाउन सहयोग गरिन्।
परियोजना अत्यधिक महत्वाकांक्षी भएको कारण काम रोकियो। निर्माण रोकिएपछि रेणुले यसलाई महानगर मातहत ल्याएर पुनः सुरु गराइन् र अहिले सरकारी बजेटमा अघि बढिरहेको छ।
धुर्मुसले दाबी गरेको १५ करोड ऋण तिर्ने जिम्मा महानगरको थिएन। प्रारम्भमा महानगरले दिएको रकमबाट बनेको संरचना स्पष्ट भएकाले भ्रष्टाचारको प्रश्न उठ्दैन। तर १५ करोड भुक्तानी भएमा सार्वजनिक खरिद ऐन उल्लंघन हुने भएकाले रेणु दाहाल अख्तियारको फन्दामा पर्न सक्ने खतरा थियो। धुर्मुस फाउन्डेसन भ्याट दर्ता नभएको हुँदा निजी फाउन्डेशनलाई रकम दिने कानूनी प्रक्रिया नमिल्ने अवस्था रहेको छ।
राजनीतिक पृष्ठभूमिमा, २०८० कात्तिक २१ मा स्थानीय–प्रदेश सहमति अनुसार संघीय सरकारले रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। संघीय सरकारले “सिर्जित सम्पत्ति खरिद” शीर्षकमा १५ करोड छुट्याएकोले निजी फाउन्डेसनलाई सीधा रकम दिन नमिल्ने कानूनी सीमा स्पष्ट छ।
तर, रास्वपा र राजावादी नेटवर्कले यही प्रक्रियागत सत्यलाई तोडमोड गरेर प्रचार गर्दै आएको आरोप लगाइएको छ। टंक दाहाल संसद जलाउन उक्साउने, राजीव खत्री जेलमा आगजनी गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा यस प्रचारलाई गति दिएको देखिन्छ।
सरकार चाहन्छ भने जेनजी सरकारले नै रकम धुर्मुसलाई किन सीधा दिन सक्दैन ? बब्लु गुप्ताको मन्त्रालयमार्फत धुर्मुसको ऋण किन फर्छ्यौट हुँदैन ? निजी जग्गा खरिदमै अख्तियारले मुद्दा लगाउने देशमा, राज्यको सम्पत्ति बाँड्दा अख्तियार किन चुप छ ? सबैले यस्ता प्रश्न सोध्ने गरेका छन् । यस प्रकरणले राजनीतिक प्रचार र कानूनी प्रक्रियाबीचको तनावलाई उजागर गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...
चैत्र १९ गते, २०८२ - १८:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...
चैत्र १९ गते, २०८२ - १८:३२
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...
चैत्र १९ गते, २०८२ - १८:२८
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...


प्रतिकृया लेख्नुहोस्: