Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ट्रम्पको योजनाबारे युक्रेन र अमेरिकाबिच स्वीट्जरल्याण्डमा वार्ता हुने

खबरडबली संवाददाता

किएभ । युक्रेनी र अमेरिकी अधिकारीहरू रूससँगको युद्ध अन्त्य गर्ने वाशिङ्गटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले शनिबार बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई करिब चार वर्षे द्वन्द्व अन्त्य गर्ने २८ बुँदे योजनालाई अनुमोदन गर्न एक हप्ताभन्दा कम समय दिएका छन् । प्रस्तावमा आक्रमणकारी देशले युक्रेनी क्षेत्र छोड्ने, सेना कटौती गर्ने र नेटोमा कहिल्यै सामेल नहुने प्रतिज्ञा गर्ने उल्लेख छ।

यसैबीच,सम्झौताको मस्यौदामा समावेश नभएका युक्रेनका युरोपेली सहयोगीहरूले यो योजना पूर्ण नभएको र ‘थप अभ्यास’ आवश्यक भएको बताएका छन् । उनीहरूले दक्षिण अफ्रिकामा जी २० शिखर सम्मेलनमा किएभको स्थिति बलियो बनाउन वैकल्पिक प्रस्तावको ल्याउन छलफल गरिरहेका छन् ।

‘आगामी दिनहरूमा, युद्ध अन्त्यका लागि आवश्यक कदमहरूको बारेमा साझेदारसँग परामर्श हुनेछ’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘वार्ताका लागि युक्रेनको टोलीलाई सुझाब दिइने र वार्ताको नेतृत्व एन्ड्री येरमाकले गर्नुहुनेछ।’ एन्ड्री येरमाकले राष्ट्रपति जेलेन्स्कीका लागि शीर्ष सहयोगीका रूसमा काम गर्दै आएका छन्।

जेलेन्स्कीले अमेरिकी प्रस्तावबारे विमति राख्दै भने, ‘युक्रेनको राष्ट्रिय हितको रक्षा कसरी गर्ने र रूसलाई तेस्रो आक्रमण गर्नबाट रोक्न के आवश्यक छ भन्ने बिषय हाम्रा प्रतिनिधिहरूलाई थाहा छ।’

फ्रान्स, बेलायत र जर्मनीका सुरक्षा अधिकारीहरु पनि आइतबार बिहान जेनेभामा हुने वार्तामा सहभागी हुने जी–२० शिखर सम्मेलनमा सहभागी स्रोतहरुले जनाएका छन् । युक्रेनका सुरक्षा परिषद्का सचिव रुस्तम उमेरोभले यसअघि पनि छलफलका लागि स्विट्जरल्यान्डलाई स्थान दिने सङ्केत गरेका थिए ।

‘यो हालका दिनहरूमा जारी वार्ताको अर्को चरण हो र मुख्य रूपमा अर्को कदमको लागि हाम्रो दृष्टिकोणलाई संरेखित गर्ने उद्देश्य हो,’ पूर्वरक्षामन्त्री उमेरोभले थपे । उनले यसअघि टर्कीमा रूससँग केही चरणको वार्ताको नेतृत्व गरेका थिए, जसले कैदीहरूको आदान–प्रदान र मृतक सैनिक तथा नागरिकको अवशेष स्वदेश फिर्ता गर्ने सहमति गरेको थियो ।

जेलेन्स्कीको आदेशमा वार्तामा ‘रूसी सङ्घका प्रतिनिधिहरू’ पनि समावेश हुनेछन्। रुस वार्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा तत्काल कुनै पुष्टि भएको छैन ।

थप कार्य आवश्यक

जी–२० शिखर सम्मेलनका लागि दक्षिण अफ्रिकामा भेला भएका पश्चिमा नेताहरूले शनिबार युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी एकपक्षीय योजनामा ‘थप काम गर्नुपर्ने बिषय’ भएको बताएका छन्।

प्रमुख युरोपेली देशहरू साथै क्यानाडा र जापानका नेताहरूले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बलपूर्वक सीमा परिवर्तन गर्नु हुँदैन भन्ने सिद्धान्तमा हामी स्पष्ट छौँ । हामी युक्रेनलाई भविष्यमा आक्रमणको जोखिममा पार्ने युक्रेनको सशस्त्र बलमा प्रस्तावित सीमितताबाट पनि चिन्तित छौँं।’

फ्रान्सका इम्यानुएल म्याक्रोँले यसअघि सम्मेलनमा एक गम्भीर सन्देश दिँदै भनेका थिए, ‘जी–२० एक चक्रको अन्त्यमा आउँदैछ।’ युक्रेन युद्धको समाधानका लागि अमेरिकी एकपक्षीय योजनालाई सङ्केत गर्दै समूह विश्वभरका ठूला सङ्कटहरू समाधान गर्न सङ्घर्ष गरिरहेको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प पुनः सपथ लिएसँगै युक्रेनमा अमेरिकी प्रायोजन कम भएपछि युक्रेनलाई महत्त्वपूर्ण सैन्य र वित्तीय सहयोग प्रदान गर्दै बेलायत, जर्मनी र फ्रान्स युक्रेनको प्रमुख समर्थकको रूपमा देखा परेका छन् ।

कठिन छनौट

जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनले आफ्नो इतिहासको सबैभन्दा चुनौतीपूर्ण क्षणको सामना गरिरहेको बताउँदै ट्रम्पको प्रस्तावको विकल्प प्रस्ताव गर्ने बताएका छन्।

वाशिङ्गटनसँगको सहकार्यको सम्भावित अन्त्यलाई सङ्केत गर्दै राष्ट्रपति जेलेन्स्कीले शुक्रबार राष्ट्रको नाममा गरेको आफ्नो सम्बोधनमा भने, ‘युक्रेनमा दबाब सबैभन्दा कठिन छ। युक्रेनले धेरै कठिन विकल्पको सामना गर्न सक्छ । देशले आफ्नो गरिमाको हानि व्यहोर्नुपर्न सक्छ वा एक प्रमुख साझेदार गुमाउने जोखिम आउनसक्छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘प्रस्तावित योजनाले शान्ति समाधानको लागि अन्तिम ‘आधार तय गर्न सक्छ’।’ यदि युक्रेन वार्ताबाट पछि हट्यो भने थप भूमि जफत गरिने चेतावनी उनले दिए ।

राम्रो सुसज्जित र सङ्ख्यामा ठूलो रूसी सेना बिस्तारै लगातार लामो समयदेखि युक्रेनी सीमा क्षेत्रमा फैलिँदै गएको छ।

मस्कोले ऊर्जा पूर्वाधारमाथि बिरूद्ध क्रूर बमबारी अभियान चलाएपछि युक्रेनीहरूले युद्ध सुरु भएदेखि सबैभन्दा कठिन जाडोको सामना गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending