काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने संख्या १५ प्रतिशतले वृद्धि भएको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा दुई लाख ८३ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । गत वर्ष सोही अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष मात्र श्रम स्वीकृति लिनेको संख्या गत आवको तुलनामा ४२ हजार २७ ले धेरै भएको विभागले जनाएको छ ।
चार महिनामध्ये सबैभन्दा धेरै कात्तिकमा श्रम स्वीकृति लिइएको छ । यो महिनामा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको कात्तिकमा रहेको ७० हजार ९९० भन्दा उच्च हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार श्रम गन्तव्य राष्ट्रबाट माग बढ्न थालेसँगै श्रम स्वीकृति लिनेहरूको संख्या वृद्धि भएको हो । साथै करार रद्द भई स्वदेश फर्किएका श्रमिकले पनि देशमा अवसर नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर पुनः विदेशिने प्रवृत्ति बढेको हुँदा समग्र संख्या उकालो लागेको बताइएको छ । वैश्विक आर्थिक मन्दीका कारण श्रम बजार सङ्कुचन भए पनि विदेश जानेको संख्या भने बढिरहेको देखिन्छ ।
विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
कात्तिक महिनामा श्रम स्वीकृति लिने ७३ हजार ९४ जनामध्ये सबैभन्दा धेरै १५ हजार ७६९ जना साउदी अरब जाने श्रमिक छन् । सामान्यतया पहिलो श्रम गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा तेस्रो स्थानमा झरेको हो ।
नेपालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै यो देशको माग घटेको विभागले जनाएको छ । कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि ९ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् ।
नेपालका श्रमिकले पछिल्ला महिनामा १०६ देशका लागि श्रम स्वीकृति लिएका विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार युएईले कडाइ बढाएपछि कात्तिकमा मागमा कमी देखिएको र मंसिरमा यसको प्रभाव झनै स्पष्ट रूपमा देखिने अनुमान गरिएको छ । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको पनि उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: