काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन ।
जनकपुरका लागि जान निकोल लप्टी-इटोनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाए।
जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिए । सन्दीप प्लेयर अफ दि म्याच भए ।
यस्तै सूर्य तामाङले दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाए। यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाए।
बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिए। यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।
यस्तै जनकपुर उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । आजै अर्को खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: