काठमाडौं । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको सहयोगका लागि स्थापना गरिएको हेल्पडेक्सलाई थप प्रभावकारी बनाउन १० जना स्वयंसेवक खटाउने निर्णय गरेको छ ।
स्वयंसेवकलाई मासिक १५ हजार रुपैयाँका दरले चार महिनासम्म पारिश्रमिक प्रदान गरिने शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।
यससँगै बैठकले नेपाल प्रहरी संगठनभित्र कार्यसञ्चालनलाई व्यवस्थित बनाउन हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रही केही कार्यालयहरूको पद मिलान, दरबन्दी समायोजन तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्री पुनका अनुसार यसले प्रहरी प्रशासनलाई अझ सुसंगत र कार्यक्षम बनाउन मद्दत गर्ने छ ।
त्यसैगरी भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । यो अध्यादेशले जमीन व्यवस्थापन तथा मालपोतसम्बन्धी कामलाई अद्यावधिक कानुनी व्यवस्थासँग जोड्ने विश्वास सरकारको छ ।
आर्थिक क्षेत्रको सुधारतर्फ सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सम्बन्धी महत्वपूर्ण निर्णयसमेत गरेको छ । बैठकले सन् २०७१ मा बनेको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै त्यहाँ लागू भइसकेको प्रतिवर्गमिटर २० रुपैयाँ भाडादर घटाएर पाँच रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।
सरकारका अनुसार भाडादर घटेसँगै उद्योग–व्यवसाय आकर्षित हुने र क्षेत्रको सञ्चालन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: