काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पुगेका पत्रकारहरूले श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीको विरोध गरेका हुन्।
शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले रोक्न खोजेपछि प्रदर्शनकारी पत्रकार र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। त्यसक्रममा पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी पत्रकारहरूले कालोपट्टी बाँधेर प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए। उनीहरूले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारीले बलिरहेको लाल्टिनसमेत बोकेका थिए।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। महासंघले पत्रकार पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासी दुवैप्रति आपत्ति जनाउँदै तत्काल श्रेष्ठलाई रिहा गर्न माग गरेको छ।
यसअघि बुधबार राति नै महासंघ अध्यक्ष शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेको थियो। महासंघले श्रेष्ठलाई विनाशर्त रिहा नगरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १३:०२
काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...
श्रावण २८ गते, २०८३ - १२:३२
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...
श्रावण २८ गते, २०८३ - १२:२३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...
श्रावण २८ गते, २०८३ - १२:१८
बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...
श्रावण २८ गते, २०८३ - १२:०३
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...
श्रावण २८ गते, २०८३ - ११:५७
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...
श्रावण २८ गते, २०८३ - ११:२४
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...
श्रावण २८ गते, २०८३ - ११:११
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...
श्रावण २८ गते, २०८३ - १०:४६
रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...
श्रावण २८ गते, २०८३ - १०:२३
कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...



प्रतिकृया लेख्नुहोस्: