काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई पल्टिँदा टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा गम्भीर घाइते भएका थिए । दुर्घटनाका क्रममा उनी सडक छेउतर्फ हाम फालेपछि सोही स्थानमा टिपर पल्टिँदा च्यापिएका थिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो । उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
टिपर काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १३:०२
काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...
श्रावण २८ गते, २०८३ - १२:३२
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...
श्रावण २८ गते, २०८३ - १२:२३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...
श्रावण २८ गते, २०८३ - १२:१८
बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...
श्रावण २८ गते, २०८३ - १२:०३
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...
श्रावण २८ गते, २०८३ - ११:५७
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...
श्रावण २८ गते, २०८३ - ११:२४
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...
श्रावण २८ गते, २०८३ - ११:११
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...
श्रावण २८ गते, २०८३ - १०:४६
रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...
श्रावण २८ गते, २०८३ - १०:२३
कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...



प्रतिकृया लेख्नुहोस्: