Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जेन-जीकाे अभिभावक नेकपा बन्दै: प्रचण्ड

३५० भन्दा बढी युवा नेकपा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनको प्रारम्भिक चरणमै नेकपाले समर्थन जनाएपछि युवा पुस्तामा दलप्रति विश्वास बढेको बताए । 

उनका अनुसार आन्दोलनका बेला युवाका ‘सही आवाज’ दमन हुन नदिन सरकारलाई पहिलो चेतावनी नेकपाबाटै दिइएको र त्यसपछि युवासँग गरिएको निरन्तर संवादका कारण जेनजी पुस्ताले नेकपालाई ‘असली अभिभावक’का रूपमा हेर्न थालिएकाे हाे । 

प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न, राष्ट्रको स्वाधीनता जोगाउन र वामपन्थी शक्तिलाई एकताबद्ध गर्न नेकपा गठन गरिएको बताए । उनले अब भाषणभन्दा काममा जोड दिने दाबी गर्दै भने, “हामीले गर्नुपर्ने काम धेरै छ । अब भाषण कम गर्दै काम धेरै गर्दै अगाडि बढ्छौं । युवाहरूले देखेका सपना पूरा गर्ने संकल्पसहित नेपाली कम्युनिस्ट पार्टी अघि बढेको छ ।”

उनले आगामी पुस १२ देखि देशका विभिन्न शहरमा ‘एकता सभा’ आयोजना हुने जानकारी पनि दिए । पहिलो सभा कैलालीको धनगढीमा गरिने र त्यसपछि क्रमशः विभिन्न शहर हुँदै विराटनगरसम्म सभा निरन्तर हुने उनकाे भनाइ छ । 

एकता सभामार्फत निर्वाचनको वातावरण निर्माण गर्न नागरिक, दल र सरकारलाई अपिल गर्दै आवश्यक दबाब सिर्जना गरिने प्रचण्डले उल्लेख गरे । ढिलोचाँडो सबै “सच्चा कम्युनिस्ट र वामपन्थी शक्ति” नेकपाभित्र समाहित हुँदै जाने दाबी पनि प्रचण्डकाे छ ।

 ३५० भन्दा बढी युवा नेकपा प्रवेश

विभिन्न सङ्गठन परित्याग गरी ३५० भन्दा बढी युवा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घमा प्रवेश गरेका छन् ।

उनीहरूलाई मङ्गलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: