काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनको प्रारम्भिक चरणमै नेकपाले समर्थन जनाएपछि युवा पुस्तामा दलप्रति विश्वास बढेको बताए ।
उनका अनुसार आन्दोलनका बेला युवाका ‘सही आवाज’ दमन हुन नदिन सरकारलाई पहिलो चेतावनी नेकपाबाटै दिइएको र त्यसपछि युवासँग गरिएको निरन्तर संवादका कारण जेनजी पुस्ताले नेकपालाई ‘असली अभिभावक’का रूपमा हेर्न थालिएकाे हाे ।
प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न, राष्ट्रको स्वाधीनता जोगाउन र वामपन्थी शक्तिलाई एकताबद्ध गर्न नेकपा गठन गरिएको बताए । उनले अब भाषणभन्दा काममा जोड दिने दाबी गर्दै भने, “हामीले गर्नुपर्ने काम धेरै छ । अब भाषण कम गर्दै काम धेरै गर्दै अगाडि बढ्छौं । युवाहरूले देखेका सपना पूरा गर्ने संकल्पसहित नेपाली कम्युनिस्ट पार्टी अघि बढेको छ ।”
उनले आगामी पुस १२ देखि देशका विभिन्न शहरमा ‘एकता सभा’ आयोजना हुने जानकारी पनि दिए । पहिलो सभा कैलालीको धनगढीमा गरिने र त्यसपछि क्रमशः विभिन्न शहर हुँदै विराटनगरसम्म सभा निरन्तर हुने उनकाे भनाइ छ ।
एकता सभामार्फत निर्वाचनको वातावरण निर्माण गर्न नागरिक, दल र सरकारलाई अपिल गर्दै आवश्यक दबाब सिर्जना गरिने प्रचण्डले उल्लेख गरे । ढिलोचाँडो सबै “सच्चा कम्युनिस्ट र वामपन्थी शक्ति” नेकपाभित्र समाहित हुँदै जाने दाबी पनि प्रचण्डकाे छ ।
३५० भन्दा बढी युवा नेकपा प्रवेश
विभिन्न सङ्गठन परित्याग गरी ३५० भन्दा बढी युवा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घमा प्रवेश गरेका छन् ।
उनीहरूलाई मङ्गलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: