Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

खबरडबली संवाददाता

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले माडी खोलाको किनारमा पाँच शव फेला परेको पुष्टि गरे। उनका अनुसार प्यूठानमा मानिस हराएको वा ठूलो पहिरो गएको घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले शव बगाएर ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

‘यहाँ मानिस हराएको वा पहिरो गएको छैन । त्यसकारण माथि रोल्पाबाट पहिरोमा परेकाहरूका शव बगेर यहाँ आएको हुन सक्ने अनुमान गरेका छौँ,’ डीएसपी अधिकारीले भने।

प्रहरीले फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाएको छ। तस्वीरका आधारमा शवको पहिचान हुन सक्ने अपेक्षा गरिएको छ।

रोल्पाका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि थबाङको पहिरोमा बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको बताए।

उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले पहिरो तथा बाढीमा परेका मानिस र शवलाई पानीको बहावले प्यूठानसम्म बगाएर ल्याएको हुन सक्ने देखिएको छ।

‘लुंगी खोला माडीमै मिसिन्छ । त्यसैले गएराति पहिरोले बगाएर बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना धेरै छ । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।

रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा नौ जना बेपत्ता रहेको जनाइएको छ।

प्यूठानमा भेटिएका पाँच शव ती बेपत्ता नौ जनामध्येका हुन् वा होइनन् भन्ने अझै पुष्टि भएको छैन। शवको पहिचान तथा घटनाको वास्तविक अवस्थाबारे दुवै जिल्लाका प्रहरीले समन्वय गरेर अनुसन्धान गरिरहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...

देउवा स्वदेश फर्किँदै, विमानस्थलमा सुरक्षा कडाइ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...

विश्वासको मत जुटेन, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...

सिन्धुपाल्चोकको बाह्रबिसेमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...

किशोर श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...

पत्रकार श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको धर्ना, केहीबेर घम्साघम्सी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...

प्यूठानमा खोलाका किनारमा चार शव फेला, पहिचान खुल्न सकेन

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...

रुकुमपूर्वमा पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...

कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending