Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

उखु किसानद्वारा फेरि अनुदान, भुक्तानी र न्यूनतम समर्थन मूल्य निर्धारण गर्न माग गर्दै कडा आन्दाेलनकाे चेतावनी

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः कडा आन्दोलनमा जान तयारी गरेको छ । सरकारले विगत वर्षको अनुदान रकम भुक्तानी नगरेको र उखुको न्यूनतम समर्थन मूल्य तोक्न ढिलाइ गरेकाप्रति आपत्ति जनाउँदै महासंघले मंसिर १३ गतेभित्र समस्या समाधान नभए देशव्यापी आन्दोलन थालिने चेतावनी दिएको हो ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा किसानहरुले आफूहरुले पाउनुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको अनुदान रकम अझै नपाएको उल्लेख गरे । महासंघका उपाध्यक्ष महेशचन्द्र यादवले विगत वर्ष सरकारले तोकेको ३५ रुपैयाँ प्रति क्विन्टलअनुसार पर्ने सो अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने माग दोहोर्‍याए ।

‘हाम्रो कठिन मेहनत र लगानीको प्रतिफल पाउन हामी वर्षौँदेखि संघर्षमै छौं । ७५ करोड रुपैयाँ अनुदान सरकारले १३ गतेभित्र भुक्तानी गरेन भने हामी बाध्य भएर सडकमा उत्रनुपर्छ,’ यादवले भने । 

त्यस्तै, किसानहरुले उखुको उत्पादन लागत, चिनी उद्योगको स्थिति र बजार मूल्यलाई ध्यानमा राखेर उखुको प्रतिक्विन्टल मूल्य न्यूनतम ७५० रुपैयाँ तोक्नुपर्ने माग राखेका छन् । मूल्य निर्धारणका प्रक्रियामा नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधि सहभागी हुने प्रणाली कायम गर्नुपर्ने उनीहरूको जोड छ ।

आजै किसानहरुले कृषिमन्त्री डा. मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् । माग स्वतः सम्बोधन नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै अनिश्चितकालीन राजमार्ग जाम गर्दै आन्दोलन चर्काउने चेतावनी महासंघले दिएको छ ।

किसानहरुका अनुसार सरकारले बारम्बार आश्वासन दिए पनि अनुदान भुक्तानी र मूल्य सम्बन्धी समस्यामा ठोस प्रगति देखिन नसक्दा आफूहरु कठोर कदम चाल्न बाध्य भएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: