Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

पर्यटकको पर्खाइमा गुल्मीकाे धुर्कोटको विचित्र गुफा

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्रका रूपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ ।

सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ । धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ । 

विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ । धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको उक्त गुफा पर्यटकहरूका लागि आफैँमा साँच्चिकै विचित्रको छ । 
विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाएका थिए । 

भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुबाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । 

पछि स्थानीयको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा त्यस क्षेत्रमा ठुलो गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए । गुफा पत्ता लागेपछि विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दथ्यो । पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्नका बेलाबेलामा विदेशी पर्यटकहरू समेत आवागमन बढ्न थालेको हो । 

विगतको समयमा फाटफुट रूपमा केही विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स जर्मनी र बेलायतका नागरिकहरू पर्यटककै रूपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । 

धेरै विदेशी नागरिकहरू सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा योग साधनाका लागि आएका अवसरमा एक पटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताए । विचित्र गुफाको लम्बाइ १८५ मिटर छ भने चौडाइ ३५० मिटर रहेको छ । ठुलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच वटा द्वारहरूको प्राकृतिक आकार देख्न सकिन्छ ।

विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्यता बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वका बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एक पटक सबैको ध्यान केन्द्रित गर्दछ ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । 

त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यका रूपमा मानिन्छ ।

जुन मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरुले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन् । गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यतालाई थप शोभा थपिदिएको छ । 

गुफाको पर्यटक प्रवर्द्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट  गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । सदरमुकाम तम्घासबाट १८ किलोमिटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग हुँदै सजिलै पुग्न सकिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending