Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

खबरडबली संवाददाता

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्साेटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् ।

“हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ”, मिनी गाभर सामुदाियक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भने । उनले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी हुने गरेका बताए । यस बाहेक नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि थप सफारी जीप सञ्चालन गर्ने तयारी गरेका छन् ।

मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले निकुञ्जमा सफारी गर्न आउने पर्यटकको माग बढ्न थालेको उल्लेख गर्दै निकुञ्जमा जङ्गल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले दुई थान सफारी जीप सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले दिनहँजसो २५ देखि ३० जनाको समूहमा पर्यटक काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट आउने गरेको बताए ।

थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पर्यटक जङ्गल सफारीसँगै थारु संस्कृतिमा नै रमाउने गरेको चौधरीको भनाइ छ । होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जङ्गल सफारी तथा जङ्गलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ ।

सफारीबापत् चार घण्टाको रु १२ हजार र आठ घण्टाको रु १६ हजार शुल्क निर्धारण गरिएको छ । जङ्गलमा रात्रि बास र खान तथा बस्नको लागि अलग प्याकेज रहेको छ ।

होमस्टेमा आउने पर्यटक प्रायः सफारी गर्न र जङ्गलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका र निकुञ्जभित्र जङ्गल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक पटक अवलोकन गर्न पाएका थिए ।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जदेखि करिव २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएको बताए ।

उनले निकुञ्जभित्रको बाटो खुला भइसकेको र यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न पाइने भएकाले बन्यजन्तु हेर्न निकुञ्जमा आउन आग्रह गरे ।

नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्रायाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सिग्देलले निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको धारणा राखे ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै जङ्गल सफारीका लागि नीजि लगानी बढ्न थालेको बताए । 

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending