Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चुनावका लागि एक लाख ३० हजारबढी म्यादी प्रहरी भर्ना गरिने

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा तयारी अघि बढ्दै गर्दा सरकारले म्यादी प्रहरी भर्ना प्रक्रियालाई तीव्र बनाएको छ । 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पठाएको प्रस्तावमा अघिल्लो चुनाव (२०७९) भन्दा १५–२० प्रतिशत बढी, करिब १ लाख ३२ हजार म्यादी आवश्यक पर्ने उल्लेख छ ।

मन्त्रीालयले भने मतदाता नामावलीको अन्तिम विवरण आएपछि मात्र संख्या टुङ्गो लाग्ने बताएको छ । यतिबेला लुटिएका हतियार, ५ हजारभन्दा बढी फरार कैदी, र सुरक्षा चुनौती बढेको कारण पनि म्यादी संख्या वृद्धि अपरिहार्य देखिएको छ । २०७९ मा १ लाख १५ हजार म्यादी भर्ती भएका थिए ।

गृहमन्त्रालयका अनुसार म्यादी भर्नामा १८–५४ वर्ष उमेरका नेपाली नागरिक सहभागी हुन पाउने छन् । पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइनेछ । ४० दिनको सेवा अवधि र प्रहरी जवान सरहकै तलब–भत्ता दिइनेछ । निर्वाचन सुरक्षाका लागि तीन तहको घेराबन्दी सुरक्षा लागू गरिनेछ—पहिलो घेरामा प्रहरी/म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् ।

केन्द्रीय सुरक्षा समितिले तयार गरेको एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार यसपटक उच्च सुरक्षा जोखिमका कारण निर्वाचनभन्दा एक महिना अघि नै सेना परिचालन गर्ने तयारी छ । राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन सिफारिस गरिसकेको छ र मन्त्रिपरिषद्को निर्णयपछि प्रक्रिया लागू हुनेछ । प्रदेश–प्रदेशमा सुरक्षा गोष्ठी सुरु भइसकेका छन् ।

चुनाव सुरक्षाका लागि तीनै सुरक्षा निकायले सवारी साधन खरिद प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले मात्र ८० करोड ४१ लाख रुपैयाँ बराबरका पिकअप भ्यान, कार्यालय प्रयोजनका गाडी, विद्युतीय सवारी र एस्कर्ट भ्यान खरिद गर्दैछ ।

सशस्त्र प्रहरीलाई ५० वटा बोलेरो, दंगा नियन्त्रण ट्रक र एम्बुलेन्स खरिदका लागि २६ करोडभन्दा बढी बजेट छुट्याइएको छ । अनुसन्धान विभागले पनि ६ वटा सवारी खरिदका लागि अनुमति पाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending