Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

चुनावका लागि एक लाख ३० हजारबढी म्यादी प्रहरी भर्ना गरिने

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा तयारी अघि बढ्दै गर्दा सरकारले म्यादी प्रहरी भर्ना प्रक्रियालाई तीव्र बनाएको छ । 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पठाएको प्रस्तावमा अघिल्लो चुनाव (२०७९) भन्दा १५–२० प्रतिशत बढी, करिब १ लाख ३२ हजार म्यादी आवश्यक पर्ने उल्लेख छ ।

मन्त्रीालयले भने मतदाता नामावलीको अन्तिम विवरण आएपछि मात्र संख्या टुङ्गो लाग्ने बताएको छ । यतिबेला लुटिएका हतियार, ५ हजारभन्दा बढी फरार कैदी, र सुरक्षा चुनौती बढेको कारण पनि म्यादी संख्या वृद्धि अपरिहार्य देखिएको छ । २०७९ मा १ लाख १५ हजार म्यादी भर्ती भएका थिए ।

गृहमन्त्रालयका अनुसार म्यादी भर्नामा १८–५४ वर्ष उमेरका नेपाली नागरिक सहभागी हुन पाउने छन् । पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइनेछ । ४० दिनको सेवा अवधि र प्रहरी जवान सरहकै तलब–भत्ता दिइनेछ । निर्वाचन सुरक्षाका लागि तीन तहको घेराबन्दी सुरक्षा लागू गरिनेछ—पहिलो घेरामा प्रहरी/म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् ।

केन्द्रीय सुरक्षा समितिले तयार गरेको एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार यसपटक उच्च सुरक्षा जोखिमका कारण निर्वाचनभन्दा एक महिना अघि नै सेना परिचालन गर्ने तयारी छ । राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन सिफारिस गरिसकेको छ र मन्त्रिपरिषद्को निर्णयपछि प्रक्रिया लागू हुनेछ । प्रदेश–प्रदेशमा सुरक्षा गोष्ठी सुरु भइसकेका छन् ।

चुनाव सुरक्षाका लागि तीनै सुरक्षा निकायले सवारी साधन खरिद प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले मात्र ८० करोड ४१ लाख रुपैयाँ बराबरका पिकअप भ्यान, कार्यालय प्रयोजनका गाडी, विद्युतीय सवारी र एस्कर्ट भ्यान खरिद गर्दैछ ।

सशस्त्र प्रहरीलाई ५० वटा बोलेरो, दंगा नियन्त्रण ट्रक र एम्बुलेन्स खरिदका लागि २६ करोडभन्दा बढी बजेट छुट्याइएको छ । अनुसन्धान विभागले पनि ६ वटा सवारी खरिदका लागि अनुमति पाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: