धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि बिहीबार साँझ प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा पूरा हुन लागे पनि प्रदेशसभामा आवश्यक बहुमत सुनिश्चित हुन नसकेपछि राजीनामाको विकल्प रोज्न लागेका हुन्। प्रदेशसभा बैठक भने बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ र बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने विषय राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
गत असार ३१ गते नेकपा एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार टिकाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेको समर्थन फिर्तापछि कांग्रेस नेतृत्वको सरकारका लागि आवश्यक बहुमत जुटाउन कठिन भएको थियो। कांग्रेससँग १८ सांसद रहेकाले बहुमतका लागि थप समर्थन आवश्यक पर्ने अवस्था थियो।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। यसका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार अब नेकपाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने तयारी भइरहेको छ।
नयाँ सरकार गठनका लागि नेकपा र एमालेले यसअघि नै गृहकार्य अघि बढाइसकेका छन्। मुख्यमन्त्री शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन्।
यससँगै सुदूरपश्चिम प्रदेशमा पुन: सत्ता समीकरण परिवर्तन हुने भएको छ। कांग्रेस नेतृत्वको सरकारको बहिर्गमनसँगै नेकपा नेतृत्वमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १३:०२
काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...
श्रावण २८ गते, २०८३ - १२:३२
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...
श्रावण २८ गते, २०८३ - १२:२३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...
श्रावण २८ गते, २०८३ - १२:१८
बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...
श्रावण २८ गते, २०८३ - १२:०३
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...
श्रावण २८ गते, २०८३ - ११:५७
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...
श्रावण २८ गते, २०८३ - ११:२४
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...
श्रावण २८ गते, २०८३ - ११:११
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...
श्रावण २८ गते, २०८३ - १०:४६
रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...
श्रावण २८ गते, २०८३ - १०:२३
कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...



प्रतिकृया लेख्नुहोस्: