विराटनगर । कोशी प्रदेशबाट छुर्पी निर्यात बढ्दै जाँदा बजार अभावले दबाबमा परेको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत पुगेको छ । निजी क्षेत्रका प्रमुख निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीबाट मासिक २५ हजार किलो छेना खरीद गर्न थालेपछि दुवै पक्ष लाभान्वित भएका छन् ।
डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार दुध नबिक्दा पाउडर बनाउनु पर्ने बाध्यता हटेको छ। “छेना उत्पादन गरेर सिधै बिक्री गर्न थालेपछि लागत घटेको छ,” उनले भने ।
मनराम हिमालयनका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डिडिसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन तथा प्रोसेसिङ खर्च बचत भएको छ । झापास्थित उक्त कम्पनीले कोशी प्रदेशमै उत्पादन हुने छुर्पीलाई कुकुरको आहारका रूपमा अमेरिका निर्यात गर्दै आएको छ । सन् २००७ मा ४ किलोबाट सुरु भएको निर्यात आज प्रदेशकै प्रमुख निर्यात व्यवसायमध्ये पुगेको छ ।
उद्योगको दैनिक ६० हजार लिटर प्रशोधन क्षमता भए पनि अहिले करिब २० हजार लिटर दुधबाट छुर्पी उत्पादन भइरहेको छ । झापामा सञ्चालन भएको फार्ममा १६० उन्नत गाई राखिएको छ, जसबाट दैनिक करिब १,००० लिटर दूध उत्पादन हुन्छ ।
छुर्पी निर्यात बढेपछि पूर्वी नेपालमा देखिने मिल्क होलिडे समस्या समाप्तप्रायः भएको व्यवसायीहरूको दाबी छ । ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पुगेको र किसानले दुधको उचित मूल्य पाउन थालेको उद्योगका सञ्चालक श्रेष्ठले बताए ।
पाँच अर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न योगदान गरेको भन्दै सरकारले मनराम हिमालयन ह्यान्डीक्राफ्टलाई ‘सिआइपी’ सम्मान प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: