Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कांग्रेसकाे महाधिवेशन विवाद अझै टुंगिएन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा उत्पन्न विवाद चार दिनको निरन्तर प्रयासपछि पनि समाधान हुन सकेको छैन । 

मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे देखिएको मतभेदलाई अनौपचारिक रूपमा मिलाउने प्रयास गर्न भन्दै बैठक मंसिर ११ गते बिहीबारसम्मका लागि स्थगित गरेको थियो ।

तर बैठक स्थगित भएको यतिका दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको पहलले पनि महाधिवेशनको मिति टुंग्याउने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन । खड्काले दुवै महामन्त्रीसँग पटक–पटक अनौपचारिक छलफल गरे पनि सहमति जुट्न नसकेको कांग्रेसभित्रको एक उच्चस्रोतले जनायो ।

वि.सं. २०८१ असोज २८ गतेदेखि निरन्तर चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका पेश गरेका थिए । त्यसको प्रतिवादस्वरूप सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने भन्दै वैकल्पिक कार्यतालिका प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाको प्रस्तावलाई महामन्त्री विश्वप्रकाश शर्मा सहित इतर समूहले समर्थन गरेका छन् भने यादवको प्रस्तावलाई संस्थापन पक्षले मजबुत रूपमा अघि सारेको छ । दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि विवाद झन् चर्किँदै गएको छ । यही विवाद समाधान गर्ने जिम्मेवारी संस्थापन समूहले कार्यवाहक सभापति खड्कालाई दिएको थियो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार खड्काले अहिलेसम्म दुवै पक्षलाई सहमतिमा ल्याउन नसकेको जानकारी दिए । उनले भने, ‘हामीले महाधिवेशनसम्बन्धी विवाद हल गर्न उहाँलाई जिम्मेवारी दिएका थियौँ, तर उहाँले अझै सहमति बन्न नसकेको र छलफललाई निरन्तरता दिइरहेको बताउनुभएको छ ।’

कार्यवाहक सभापति खड्काले बुधबार पनि दुवै महामन्त्रीसँग छुट्टाछुट्टै र सामुहिक रूपमा संवाद जारी राखे पनि कुनै ठोस सहमति नजुटेको स्रोतले बताएको छ । यस्तै, पार्टीको स्थगित कार्यसमिति बैठक बिहीबार दिउँसो २ बजेका लागि फेरि डाकिएको छ । अब बैठकले महाधिवेशन विवादलाई समाधानतर्फ अघि बढाउँछ वा पुनः अनिश्चिततामा पुर्‍याउँछ भन्ने पक्षमा सबैको ध्यान केन्द्रित भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: