काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा उत्पन्न विवाद चार दिनको निरन्तर प्रयासपछि पनि समाधान हुन सकेको छैन ।
मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे देखिएको मतभेदलाई अनौपचारिक रूपमा मिलाउने प्रयास गर्न भन्दै बैठक मंसिर ११ गते बिहीबारसम्मका लागि स्थगित गरेको थियो ।
तर बैठक स्थगित भएको यतिका दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको पहलले पनि महाधिवेशनको मिति टुंग्याउने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन । खड्काले दुवै महामन्त्रीसँग पटक–पटक अनौपचारिक छलफल गरे पनि सहमति जुट्न नसकेको कांग्रेसभित्रको एक उच्चस्रोतले जनायो ।
वि.सं. २०८१ असोज २८ गतेदेखि निरन्तर चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका पेश गरेका थिए । त्यसको प्रतिवादस्वरूप सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने भन्दै वैकल्पिक कार्यतालिका प्रस्तुत गरेका थिए ।
महामन्त्री थापाको प्रस्तावलाई महामन्त्री विश्वप्रकाश शर्मा सहित इतर समूहले समर्थन गरेका छन् भने यादवको प्रस्तावलाई संस्थापन पक्षले मजबुत रूपमा अघि सारेको छ । दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि विवाद झन् चर्किँदै गएको छ । यही विवाद समाधान गर्ने जिम्मेवारी संस्थापन समूहले कार्यवाहक सभापति खड्कालाई दिएको थियो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार खड्काले अहिलेसम्म दुवै पक्षलाई सहमतिमा ल्याउन नसकेको जानकारी दिए । उनले भने, ‘हामीले महाधिवेशनसम्बन्धी विवाद हल गर्न उहाँलाई जिम्मेवारी दिएका थियौँ, तर उहाँले अझै सहमति बन्न नसकेको र छलफललाई निरन्तरता दिइरहेको बताउनुभएको छ ।’
कार्यवाहक सभापति खड्काले बुधबार पनि दुवै महामन्त्रीसँग छुट्टाछुट्टै र सामुहिक रूपमा संवाद जारी राखे पनि कुनै ठोस सहमति नजुटेको स्रोतले बताएको छ । यस्तै, पार्टीको स्थगित कार्यसमिति बैठक बिहीबार दिउँसो २ बजेका लागि फेरि डाकिएको छ । अब बैठकले महाधिवेशन विवादलाई समाधानतर्फ अघि बढाउँछ वा पुनः अनिश्चिततामा पुर्याउँछ भन्ने पक्षमा सबैको ध्यान केन्द्रित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: